मेलालाई मध्येनजर गर्दै सरसफाई

0 Shares
रसुवा

जनैपूर्णिमा मेला भर्न आउने तिर्थयात्रुहरूको सहज एवं स्वच्छ वातावरणका लागि शनिवार धुन्चे स्वागतम गेटबाट मिनिरल वाटर कम्पनीसम्म सरसफाई गरिएको छ ।

गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाको आयोजना र हरित युवा पर्यटन विकास समाजको सहकार्यमा साउन २० गतेदेखि ३० गतेसम्म संचालन हुने गोसाईकुन्ड मेलालाई मध्येनजर गरी सरसफाई गरेको हो ।

सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, प्रहरी नायव उपरीक्षक भागेन्द्र पुरूष ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी सपना भण्डारी, महिला सन्जालकी अध्यक्ष सुनिता गुरूङ, कालिजग गणका प्रतिनिधि, शसस्त्र प्रहरी लगायतको सहभागी थिए ।

तपाईको प्रतिक्रिया