शताब्दी पुरुष जोशीलाई अभिनन्दन

सैलुङअनलाइन संवाददाता
0 Shares
ललितपुर

रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष एवं संस्कृतविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

अभिनन्दनपछि संस्कृतविद जोशीले क्लवको कार्यप्रति प्रशंसा गर्दै रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । . जोशीलाई क्लवका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए ।

पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ नाट्यकर्मी प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अंगिकार गर्न आवश्यक छ ।’

कार्यक्रमका पाहुनालाई मायाको चिनो प्रदान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया