स्कुल डान्स च्याम्पियनसीप बने आशिष

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

स्कुल डान्स च्याम्पियनसीप २०७६ सिजन– २ विजेता साउथ भ्याली स्कुलका आशिष अधिकारी बने । तेजस्वी कला केन्द्र एण्ड मिडियाद्धारा आयोजित शनिबार सम्पन्न ग्राण्ड फिनालेमा भ्यालीकै रिजा खड्गी र मंगल मा.बि. की प्रिया राई फस्र्ट रनर अप र सेकेन्ड रनर अप भइन् ।

अरु विभिन्न १५ बिधामा भाईबहिनीको उचित मल्याङ्कन गरी अवार्ड तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यसैगरी सांगीतिक तथा नृत्य क्षेत्रका कलाकारहरुलाई विशिष्ट सम्मान गरेको छ । बरिष्ठ गायकहरु सचिन रौनियार, सञ्जय श्रेष्ठ, कबिन्द्र श्रेष्ठ, रबीकुमार रिमाल, गायिका बुनु राई मानन्धर, बिरेन्द्र श्रेष्ठ, उदेश श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक महेश्वर महर्जन, नेपालकै पहिलो वान लेग्ड डान्सर तथा कलाकार रोमा न्यौपाने, जादुगर तथा हाँस्य कलाकार महादेव त्रिपाठी, बरिष्ठ रङगकर्मी ठण्डबहादुर अधिकारी सम्मानित भएका थिए ।
यसैगरी मिसेस टप अफ दि वल्र्ड एलिना शाक्य तुलाधर, मिसेस टुरिजम छिरिङ्ग डोल्मा शेर्पालाई विश्वभरी नेपालको नाम राख्न सफल भएकोमा सम्मानित गरिएको थियो । त्यस्तै वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, नवनायिका सुमित्रा ढकाल ‘सुमन’ तथा अन्य सहयोगी सस्था तथा बिशिष्ट ब्यक्तित्व तथा पत्रकारहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै डान्स कम्पिटिसनको ग्राण्ड फिनाले अन्तर्गत प्रमुख निर्णायकका रुपमा कोरियोग्राफअर तथा नृत्य निर्देशक निरञ्जन श्रेष्ठ थिए । अतिथि निर्णायकका रुपमा वरिष्ठ नृत्य निर्देशक महेश्वर महर्जन, रोमा न्यौपाने, गायिका बुनु राई मानन्धर, एलिना शाक्य तुलाधर, छिरिङडोल्मा शेर्पा थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का थिए । बिशिष्ट अतिथिका रुपमा काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, सोल्टिमोडका क्याम्पस प्रमुख रमेश घिमिरे र नायक, निर्देशक बिशाल बिष्ट रहेका थिए ।

कार्यक्रमलाई काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट सोल्टीमोड, काठमाडौं इन्फोसिस एडुकेशनल कन्सल्टेन्सी पुतलिसडक, बाबा एडुकेशनल कन्सल्टेन्सी न्युरोड, किर्तिपुर नगरपालिका, किपु बस सेवा किर्तिपुर, औधोगिक शान्ती नेपाल संस्था, शुभम डेरी किर्तिपुरले प्रायोजन गरेको थियो । त्यस्तै टु इन वन टेलर्स न्युरोड, न्यु लेडिज टेलर्स पुरानो नैकापले डिजाईनिङ ड्रेस उप्लब्ध गराएको थियो । त्यस्तै आफिसियल मेक अप आर्टिस्ट मिना महर्जन, जुना राई तथा आइसा महर्जनले सम्पूर्ण नृत्य प्रतियोगिताका भाईबहिनीहरुको मेकअप तथा हेयर डिजाईनिङ गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका