तामाङ समाजको नेपालमा सम्पर्क समिति गठन

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

नेपाल प्रवासी तामाङ समाज कतारले सम्पर्क समिति गठन गरेको छ ।

कतारबाट फर्केका समाजका पूर्व पदाधिकारीहरुको काठमाडौको बौद्ध रामहिटीस्थित छिमेकी मार्टमा शनिबार भएको भेलाले रोशन तामाङको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको सहसंयोजक संजय तामाङ, सचिव कमल योञ्जन तामाङ, आर्थिक संयोजक सुना तामाङ (सोनी लुङबा), सदस्यहरू क्रमशः  अमृत तामाङ, निमा मोक्तान तामाङ, मनिषा वाईबा, सबिना तामाङ, बुद्ध कुमार योञ्जन रहेका छन् ।

भेलामा समाजका पूर्व सल्लाहकार तथा आजीवन सदस्य कुमार मोक्तान तामाङले तदर्थ समितिलाई बधाई तथा शुभकामना दिए । उनले थपे- कतारमा रहदासँगै सहकार्य गरेका पदाधिकारीहरू पुनः नेपालमा पनि भेटघाट र सहकार्यका लागि समितिले बनेका खुशी छु ।

त्यसैगरी पूर्वाध्यक्ष थर्च लामा तामाङले शुभकामना मन्तव्यका क्रममा सम्पर्क समिति गठन गर्न सफल भएकोमा हर्षित भएको बताए । लामाले थपे- दैनिकी रुपमा भेट्न असजिलो भएपनि मासिक रूपमा भेट्न असहज हुँदैन । कतारबाट फर्केका पदाधिकारीलाई मात्र नभएर विशेष योगदान दिनेलाई समेत समेट्न सक्नुपर्छ उनले भने, ।

भेलामा सहभागी समाज कतारका वर्तमान तथा पूर्व पदाधिकारीहरुले नेपालमा स्थापना भएको सम्पर्क समितिको समर्थन गरेका थिए ।

समाज प्रथम उपाध्यक्ष नेत्र कुमार वाईबा सभापतिरहेको कार्यक्रम भर्खर कतारबाट फर्केका समाजका महासचिव अशोक सिङ्दानले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया