तातोपानीमा डिब्बा पल्टियो, चालक घाइते

0 Shares
रसुवा

गोसाईकुन्ड गाउँपालिका– २ टिमुरेस्थित तातोपानी डाँडामा रेडिमेट सामन बोकेको डिब्बा दुर्घटना भएको छ ।

काठमाडौं जाँदै गरेको ना ३ ख ५१७९ नम्बरको रेडिमेट सामन लिएर जाने क्रममा डिव्बा अनियन्त्रित भई सडकमा पल्टिदा चालक घाइते भएको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाको अनुसार विहान ५ः४५ वजे टिमुरेबाट हिडेको उक्त डिव्वा सडकमा अनियन्त्रित भई पल्टिएको हो । सो डिब्बाले गर्दा अबरूद्व भएको बाटो खुलाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया