हिमाली जिल्लाको अधिकांश क्षेत्रमा हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुँदैछ । उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
हिमपातका कारण उच्च पहाडी भेगका गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तामा परेको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ । तस्वीर सौजन्य : प्रदीप पुन/म्याग्दी


रसुवाको धुन्चे
