हेलम्बु ग्रेट ट्रेल नागीडाँडा (फोटो फिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाद्वारा ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को निर्माण कार्य भइरहेको छ ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार ह्योल्मो परम्पराको धर्मचक्र पर्खाल बमोजिम ट्रेल निर्माण शुरु गरिएको हो ।

हेलम्बु ग्रेट ट्रेलको वडा नं. ३ नागीडाँडाबाट शुरु हुने यस खण्डबाट आकर्षक हिमलहरको दृश्यावलोकन गर्न सकिन्छ ।


मोटरबाटोको पहुच भएको र जय बागेश्वरी मन्दिर, पाल्चोकबाट केही दुरीमा रहेको ग्रेट ट्रेलको यस खण्डले हेलम्बुका मुख्य पर्यटकीय स्थलहरु पल्री पद्म ओड्साल लिङ (गुरु रिन्पोछे), सेर्माथाङ हुदै अघि बढ्नेछ ।

बहुवर्षीय योजनाअन्तर्गत ६० किलोमिटर बनाउने हो, यसले चीनको ग्रेटवालको झल्को दिने खालको दिनेछ । यस परियोजना सम्पन्न गर्न अनुमानित तीन अर्ब ५० करोड बजेट लाग्ने छ ।

तस्विर : हेलम्बु गाउँपालिकको फेसबुक पेजबाट 

तपाईको प्रतिक्रिया