समुन्द्री सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित गोसाइकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा लाग्ने मेला सोमबारबाट सुरु भएको छ ।
गोसाइ्रकुण्डमा जेष्ठ शुक्ल दशमीका दिन दशहरा र श्रावण शुक्ल पुर्णिमाको दिन ऋषि तर्पणी अर्थात जनै पुर्णिमा भव्य मेला लाग्छ ।
यस वर्षको जनै पुर्णिमा मेला भर्न ४० हजारको हाराहारीमा भक्तजनहरु आउने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डिएमले जानकारी दिए ।
मेलाको लागि गोसाइकुण्ड क्षेत्र विकास समितिमार्फत उपसमितिहरु गठन गरेका छन् । जसमा सरसफाई, स्वास्थ्य, वातावरण, यातायात, उद्वार व्यवस्थापन, स्वयंसेवक, अनुगमन, समन्वय तथा आन्तरिक प्रवद्र्वन, आर्थिक व्यवस्थापन र नेपाल प्रचारप्रसार उपसमिति रहेका छन् ।
मेलाको समयमा भक्तजनहरुको भीडभाडमा स्थायी चर्पी पर्याप्त नहुने हुँदा मिनि गोसाइकुण्डदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविना, बुद्वु मन्दिर, मेला भर्ने स्थानसम्म अस्थायी चर्पी निर्माण गरिएको छ ।
स्वास्थ्य उपसमितिले बिशेषतः मेला लाग्ने स्थानसम्म पुग्दा लेक लाग्न सक्ने, मौसमअनुसार विरामीलाई मध्येनजर गरी जिल्लाका स्वास्थ्य कार्यालयको संयोजकमा अन्य स्वास्थ्य संस्थाहरु खटिएका छन् । ५ स्थानमा स्वास्थ्य शिविर राखिएको छ ।
समितिले भक्तजनहरु उमेर, स्वास्थ्य, हाइअल्टीच्युडका कारण गोसाइकुण्ड पुुग्न नसक्नेले मिनि गोसाइकुण्डमा नै जनै फेर्ने एवं स्नान गर्ने व्यवस्था मिलाइएको छ ।
गोसाईकुण्ड यात्रा गर्दा अपनाउनुपर्ने सावधानीहरु
क) लेक लाग्दा देखिने लक्षणहरु
—टाउको दुख्नु
—वाकवाक लाग्नु÷खान मन नलाग्नु
—बान्ता हुनु
—बेस्सरी थकाई लाग्नु
—सुतेको समयमा पटक पटक व्यँझ्नु
—रातो खकार आउनु
—आराम गरेको बेला समेत स्वास फेर्न
—गाहे (स्वा, स्वा) हुनु
—शरीर सन्तुलन गर्न नसक्नु÷धर्मराउदै हिड्नु
—ज्वरो आउनु
—आखा तिर्मिराउनु
—बेहोस हुनु
ख) लेक लाग्नबाट बच्ने उपायहरु
— विस्तारै यात्रा गर्ने एक्लै नहिडने
— प्रशस्त पानी वा झोलिलो पदार्थ जिवनजल ग्लुकोज कागती पानी पिउने
— पेट खाली नराख्ने
— न्यानो कपडा लगाउने
— धुम्रपान, मद्यपान नगर्ने
— घरायसी खाद्य सामाग्रीहरु (लसुन, अदुवा, कागती, भुटेको मकै भटमास, सातु खाने )
— लेक लागेको लक्षण देखिएमा तत्काल आराम गर्ने
—डाएमोक्स (Diamox) लगाएतका लेक लाग्नबाट बच्ने औषधी सेवन गर्ने
ग) उकालो/भिरालो बाटो भएकोले माथिबाट पहिरो झर्ने तथा ढुङ्गा खस्न सक्ने भएकाले होसियारीका साथ यात्रा गर्ने ।
घ) बाटो चिप्लो हुनसक्ने भएकाले लौरो लट्ठी साथमा लैजाने ।
ङ) पैदल यात्रा गर्न नसक्ने हरुका लागी घोडाको सुविधा समेत उपलब्ध छ तर घोडाबाट यात्रा गर्दा सावधानी अपनाउने ।
च) यात्राका क्रममा कुनै समस्या भए नजिकको स्वास्थ्य शिविर/स्वास्थ्य स्वयमसेवक /सुरक्षाकर्मी अन्य यात्रुहरुलाई जानकारी गराउने ।
छ) गोसाइकुण्ड क्षेत्रमा एनसेल र स्कार्इको नेटवर्कमा सहज सम्पर्क हुने हुँदा सोही अनुसार व्यवस्थापान गर्ने ।
ज) गोसाइकुण्ड तीर्थस्थल र पदमार्ग लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले यात्राका क्रममा संरक्षित जीवजन्तु तथा वनस्पतिहरुको हानीनोक्सानी नगर्ने र जैविक विविधताको संरक्षण गर्नुहोला भनेर सन्देश पनि रहेको छ ।
गोसाइकुण्डमा जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ र पितृ तर्नुका साथै आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।