धनकुटाको शहिदभूमि गाउँपालिकाले अध्यक्षसंग विपन्न कार्यक्रम अन्तर्गत ७ सय २० थान झोला वितरण गरेको छ । गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ७ सय २० थान झोला वितरण गरेको प्रशासकीय प्रमुख राजकुमार शाक्ले जानकारी दिए ।
प्रशासकीय प्रमुख शाक्यका अनुसार पालिकाले ३ लाख बजेट विनियोजित गरेर झोला खरिद गरेका थिए । यस कार्यक्रमले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने र सामुदायिक विद्यालय पढ्न प्रोत्साहन मिल्ने प्रशासकीय प्रमुख शाक्यको भनाइ छ । विद्यार्थीहरुका लागि झोला पनि एउटा सहायक सामाग्री पर्ने भएकोले प्रोत्साहन स्वरुप प्रदान गरिएको ।