तातोपानीमा डिव्वा पल्टिएर अबरूद्ध सडक आठ घण्टापछि सुचारु

0 Shares
रसुवा

गोसाईकुन्ड गाउँपालिका– २ तातोपानी नजिक रेडिमेट सामान बोकेको डिव्वा पल्टिएका कारण अवरोध सडक आठ घण्टापछि सुचारू भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवागढीबाट काठमाडौतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकमा पल्टिएको थियो । सो कारण सयौ सवारी सडकमा जाम भएका थिए ।

बिहानैदेखि अवरुद्ध राजमार्ग रसुवागढी जलविद्युत आयोजना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा बाटो खुलाईएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका