प्रभु बैंक लिमिटेडले डोल्पाको शे-फोकसुण्डो गाउँपालिका-७ स्थित साल्दाङ्गमा १९२ औं शे–फोकसुण्डो शाखा कार्यालय स्थापना गरेको छ ।
शाखा कार्यालयको समुद्घाटन शे-फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङबाट सोमबार उद्घाटन गरिएको हो ।
समुद्घाट्न गर्दै गुरुङले गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूत आपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि-स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए ।
समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे-फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई बैंकको अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको छ ।