मुख्यसचिव देखि पियनसम्म कस्ले कति तलब पाउने ? [तलबमान सूचीसहित]

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिका स्तरसम्म काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकहरुले पाउने नयाँ तलबमान सार्वजनिक गरेको छ ।

सरकारले यस अघि नै राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुको तलबमान सार्वजनिक गरिसकेको छ ।

राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले आइताबार नयाँ तलबमान सार्वजनिक गरेको हो ।

नयाँ तलबमान अनुसार मुख्यसचिव, प्रधानसेनापतिको तलब ६९ हजार ४ सय ८२ रहेको छ । प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ रहेको छ । त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ ।

तलबमान अनुसारप्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन् । कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ ।

 

 

 

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया