छिन्ताङ शहिदकप फुटबलको मंगलबार पाँच खेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटा, शहिदभूमि गाउँपालिकामा जारी ८ औं छिन्ताङ शहिदकप फुटबल प्रतियोगिताको मंगलबार ५ वटा खेलहरु भएको छ ।


गाउँपालिका-१ स्थित लामेचौर खेलमैदानमा जारी खेलमा सिद्धबाबा युवा समूह शहिदभूमि-७ ले साम्वुगाउँ फुटबल क्लब शहिदभूमी-२ लाई ३-० गोल अन्तर पराजित गरेको आयोजक मितेरी क्लबका अध्यक्ष दुर्गा बहादुर खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काका अनुसार दोस्रो खेलमा फाक्सिव फुटबल क्लव सागुरीगढी-१ ले धनकुटा नपा-९ वेलाहाराका राजेन्द्र स्मृति क्लबलाई १-० गोल अन्तरले हराएका थिए, भने सिर्जनशील युवा क्लब सागुरीगढी-८ ले माङहाङ युवा क्लब शहिदभूमि-७ लाई १-० गोल अन्तरले पराजित गरेका हुन् ।

त्यसैगरी मंगलबारको चौथो खेलमा शहिदभूमी-७ का चिम्राह युवा क्लबले सागुरीगढी-९ हर्दियालाई १-० गोल अन्तरले हराएको आयोजकले बताए । आयोजकका अनुसार शहिदभूमि-१ गोपालपुरका सरस्वती युवाले सागुरीगढीका तम्मर फुटबल क्लबले ३-२ ले पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका