सोनाम ल्होछार र तामाङ सम्बन्धमा

काठमाडाैं

बाह्र वर्षलाई विभिन्न १२ थरी जनावरहरुको नामले चिनाई सृष्टिको मूलभूत तत्वहरु (आगो, पानी, धातु, माटो र काठ) र ती तत्वहरुको धनात्मक र ऋनात्मक प्रभाव (यिङ-याङ) लाई स्वीकार गरेर हरेक १२ वर्षको एक चक्र र हरेक १२ वर्षे चक्रलाई एक-एक तत्वले प्रतिनिधित्व गर्दा हुने ६० वर्षको (१२ × ५=६०) अर्को चक्र हुने आधारभूत सूत्र रहेको र सोहि अनुसार समय, तिथि, मिति र वर्ष गणना गर्ने पात्रो वा ज्योतिष परम्परा चिनियाँ ज्योतिष परम्परा भनिन्छ ।

बाह्र वर्षहरुलाई जनाउने जनवारहरुमा पहिलो मुसाबाट शुरु भएर क्रमशः गोरु, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा हुँदै भेँडा, बाँदर, चरा, कुकुर र अन्तिम सुँगुर हुन् । चिनियाँ कथा अनुसार जेड सम्राटले जनावरहरुको प्रतियोगिता गराएको र पहिलो मुसा हुँदै ती जनावरहरु क्रमशः बाह्रैं स्थानमा सुँगुर उपस्थित भएको हुँदा उनीहरुकै नामबाट वर्षहरुको नामाकरण गरिएको भनाइ छ । सर्वप्राचीन जेड सम्राटलाई चिनीयाँहरु स्वर्गका राजा पनि मान्दछन् । चीनको पुरानो धर्म ताओ वा दाओले जेड सम्राटलाई अहिले पनि आफ्नो एक मुख्य देवताका रुपमा पुज्ने गर्दछन् । यो परम्परा अनुसार चिनियाँ ज्योतिष परम्परा ४७१८ वर्ष पुरानो मानिन्छ ।

यता नेपाल तथा भारत वर्षका वैदिक सभ्याता अनुसार दैवी युग समाप्त भई कलियुग शुरु भएको समय ३१०२ इ.पू.लाई मानिन्छ । यसबाट कलियुग शुरु भएको करिब ५००० वर्ष पुगेको देखिन्छ । यसबाट कलियुग शुरु भएको र चिनीयाँ सभ्यता अनुसार जेड सम्राटले समय मापनको लागि १२ वर्षे चक्र शुरु गरेको समय अहिले भन्दा ४५००-५००० वर्ष पहिले हो । यसले चिनियाँ सभ्यता र वैदिक सभ्यता समकालिन रहेको प्रमाणित गर्दछ ।

जुन बेला हिमालयको उत्तर चीनमा चिनियाँ सभ्याता र दक्षिण नेपाल तथा भारततर्फ वैदिक सभ्याता थियो, हिमालय उत्तर तिब्बत, हिमाली भेग तथा दक्षिण पहाड पर्वतमा बसोवास गर्ने तिब्बती, किरात, तामाङ, नेवार आदि आदिवासीहरुका आ-आफ्नै सभ्याता थिए । यी मध्ये बोन सभ्यता वा परम्परा उल्लेख्य छ । हिमालय भन्दा उत्तर तर्फका रैथाने बोन सभ्यता माथि छिमेकी चिनियाँ सभ्यताले बढी प्रभावित पारेकाले परिणाम स्वरुप चिनियाँ ज्योतिष परम्परा वा वर्ष गणाना पद्धती (१२ ल्होको रुपमा) तिब्बती जनमानासमा प्रचलित थियो । हिमालयको दक्षिणतर्फ बोन सभ्यताका धरोहर तामाङ बोम्बो र ताम्बाहरुले पनि १२ वर्षे ल्हो गणना पद्धतीलाई जीवितै राखे ।

हिमालय भन्दा उत्तर तर्फका रैथाने बोन सभ्यता माथि छिमेकी चिनियाँ सभ्यताले बढी प्रभावित पारेकाले परिणाम स्वरुप चिनियाँ ज्योतिष परम्परा वा वर्ष गणाना पद्धती (१२ ल्होको रुपमा) तिब्बती जनमानासमा प्रचलित थियो । हिमालयको दक्षिणतर्फ बोन सभ्यताका धरोहर तामाङ बोम्बो र ताम्बाहरुले पनि १२ वर्षे ल्हो गणना पद्धतीलाई जीवितै राखे ।

बोन सभ्यताको उरवर हिमालय तथा तिब्बत क्षेत्रमा बुद्ध धर्म आठौं शताब्दीमा पुगेको हो । तिब्बतमा बुद्ध धर्म पुग्नु भनेको त्यहाँ प्रचलित १२ वर्गको आधारमा वर्ष गन्ने चिनियाँ ज्योतिष पद्धती र बोन धर्मसँग भेट हुनु पनि हो । तिब्बतमा बुद्ध धर्मको प्रवेश पछि बुद्ध धर्मले तिब्बतलाई बुद्धदेशमा रुपान्तरित गर्ने क्रममा विभिन्न बौद्ध सूत्र र तन्त्रहरु तिब्बती भाषामा उल्था गरियो । त्यहि क्रममा बुद्धतन्त्र कालचक्र (अर्थात् समय चक्र) भनिने तन्त्रको पनि उल्था भयो र कालचक्र तन्त्र मै उल्लेखित ज्योतिषीय गणना पद्धतीको आधारमा तिब्बतको पात्रोको सिर्जना गरिएको भन्ने तिब्बती इतिहास छ । त्यस अघि त्यहाँ चिनियाँ ज्योतिष अर्थात् १२ ल्हो पद्धती (नाक्ची) को प्रभाव थियो भन्ने कुरा केन्द्रीय तिव्बती संस्थानद्वारा प्रकाशित ‘तिब्बत बौद्ध तथा भोटदेशीय ज्योतिषको संक्षिप्त परिचय’ भन्ने पुस्तकमा उल्लेख छ । तिब्बती परम्परा अनुसार तिब्बती पात्रो परम्परालाई चिनियाँ पात्रो ‘नाक्ची’ र भारतीय परम्परा ‘कारची’को मिश्रण भएको पात्रो भनिन्छ । यसबाट ल्हो परम्परा मूलतः चीनबाटै तिब्बत आएको प्रष्ट हुन्छ ।

चीनियाँहरु नयाँ वर्षलाई वसन्त पर्व भन्छन् । नेपालमा ‘ग्याल्पो’ र ‘सोनाम’ जे नाम दिए पनि ‘ल्होछार’ले नयाँ सालको साथै वसन्त ऋतु आएको संकेत गर्दछ । यस अघि चिनियाँ र वैदिक सभ्यता भन्दा अलग किरात, मगर, थारु जाति समुदायको माघे संक्रान्तिबाट नयाँ वर्ष वा नयाँ ऋतुको शुभारम्भ भईसकेको छ । बहुसङ्ख्यक तामाङले मान्दै आएको तर अनावश्यक रुपमा विवादित बनाइएको ल्हो परम्परा अनुसार ‘माघरि ल्हो दोबा’ (माघमा ल्हो फिर्ने) भनाईले पनि माघमा ल्हो फिर्ने तथ्यलाई नकार्न नमिल्ने देखाउँछ ।

जसरी २०४८-५० साल अघि ल्हो गणना पद्धती तामाङ समुदायको मुखमा थियो, मनमा थियो तर लेख्य वा सरकारी पहिचान थिएन । त्यस्तै तिब्बतमा बुद्ध धर्म पुग्नु अघि ल्हो गणनालगायत परम्परागत बोन शास्त्रहरुको थियो । ती मौखिक मात्र थिए । पुस्तकमा छापिएका थिएनन् । राज्यले पनि यही हो भनेर तोकिदिएको प्रमाणहरु भेटिदैन । वसन्तयामको आरम्भमा नयाँ वर्ष मान्दै जाने क्रममा जब भारतबाट ‘कारची’ (भारतीय जोतिष परम्परा)को प्रवेशसँगै लिखित पात्रो बन्यो । ल्हो फेरिने दिनलाई राज्यले मान्यता दियो । लिखित र जनमानसले मान्दै आएको तिथिमा केही फरक पर्नाले ल्होछार दुई वा दुई भन्दा बढी हुन गयो । विद्वानहरुका अनुसार एक तिब्बती राजा (११ औं शताब्दी आसपास)ले युद्धबाट फर्किदा परम्परागत ल्होछार मान्ने समय घर्किसकेकोले राजा र उनका मानिसले ल्होछार ढिलै भए पनि मान्नाले त्यो राजकीय ल्होछार (ग्याल्पो ल्होछार वा ग्यल ल्हो) स्थापित हुन पुग्यो । जस्तो कि नेपालका शाशकहरुले विक्रम सम्बत् मान्छन् तर नेपाल खाल्डोका आदिवासी नेवार समुदायले नेपाल सम्वत् भनेर लक्ष्मी पूजाको दिन नयाँ वर्ष मान्दछन् ।

वसन्तयामको आरम्भमा नयाँ वर्ष मान्दै जाने क्रममा जब भारतबाट ‘कारची’ (भारतीय जोतिष परम्परा)को प्रवेशसँगै लिखित पात्रो बन्यो । ल्हो फेरिने दिनलाई राज्यले मान्यता दियो । लिखित र जनमानसले मान्दै आएको तिथिमा केही फरक पर्नाले ल्होछार दुई वा दुई भन्दा बढी हुन गयो ।

महायान बौद्ध परम्परा अनुसार ज्ञानको मूल श्रोत मञ्जुश्री हो । त्यसैले ज्योतिषीय ज्ञानको श्रोत पनि मञ्जुश्री नै हुनुपर्छ भन्ने मनन् गरी ज्योतिषशास्त्रको सिर्जना मञ्जुश्रीले नै गरेको भन्नेमा हिमाली महायान बौद्ध जगत एकमत छन् । सायद यसै आधारमा मञ्जुश्री पात्रो भनि सोनाम ल्होछार अंगाल्ने तामाङहरुको दाबी हुनु पर्दछ । मन्जुश्रीको समय कृष्णकालीन (कृष्णको अन्तसँगै कलि शुरु भएको) अर्थात् यसै लेखको शुरुमा उल्लेखित चिनियाँ सभ्यता, कलि शुरु समय ५ हजार वर्ष हाराहारी मान्दा चिनियाँ ज्योतिष पद्धती शुरु भएको समय र मञ्जुश्रीको समय पनि हाराहारी थियो होला भन्ने अनुमान गर्न सकिन्छ । अर्को मञ्जुश्री चीनबाट नेपाल आएको कहानी पनि छ र चीनको पञ्चशिर्ष पर्वत जहाँ मञ्जुश्री बस्ने गर्दथ्या त्यो ठाउँ अहिले पनि छँदैछ । यसले पनि ल्हो गणना पद्धती उत्तर चीनमै थियो भन्ने थप पुष्टी हुन्छ ।
ज्योतिषीय पद्धती र त्यसको एक अंग पात्रो भनेको ग्रह, तारा, पृथ्वी, विभिन्न तत्वहरु, सूर्य चन्द्र आदिको गति तथा प्रभावलाई गणना वा विश्लेषण गरी तयार पारिएको एक सूत्र वा प्रणाली हो । ज्योतिषशास्त्र सम्बन्धित विभिन्न पक्षहरुको गति र प्रभावलाई गणना वा विश्लेषण गर्न सक्षम ज्योतिषशास्त्रीले अलग पात्रो वा ज्योतिष पद्धती सिर्जना गर्न पनि सक्तछ भन्ने प्रमाण ‘नाक्ची’ र ‘कारची’लाई मिलाएर बनाइएको तिब्बती पात्रो हाम्रा सामु उदहारण छ ।

ल्हो गणना पद्धती अनुसरण गरेर तामाङ समुदायले प्रचलित ल्होछार मध्ये सोनाम ल्होछारलाई अंगाल्दा र सोही अनुसार पात्रोहरु सिर्जना हुदाँ हामीले अन्यथा लिनु कति मनासिव हो भन्ने कुरा तामाङ समुदायका विज्ञ अग्रजहरुले समेत गम्भीर भई मनन गर्नु पर्ने हो ।

यी दृष्टान्तहरुको आधारमा प्राचीन ल्हो गणना पद्धती अनुसरण गरेर तामाङ समुदायले प्रचलित ल्होछार मध्ये सोनाम ल्होछारलाई अंगाल्दा र सोही अनुसार पात्रोहरु सिर्जना हुदाँ हामीले अन्यथा लिनु कति मनासिव हो भन्ने कुरा तामाङ समुदायका विज्ञ अग्रजहरुले समेत गम्भीर भई मनन गर्नु पर्ने हो । ल्हो फेर्ने समय केही तलमाथि हुने कुरा हाम्रा वरपरका उदाहरणबाट प्रष्ट हुन्छ । जस्तो चिनियाँ नयाँ वर्ष अन्य ल्होछार भन्दा कहिले एक दिन, कहिले महिना दिनकै फरक परेको हुन्छ । सोनाम र ग्याल्पो कहिले एकैपटक कहिले अलग पर्छ । त्यस्तै तमु ल्होछार कहिले एक महिना वा केही हप्ता आसपासको फरकमा पर्ने हामी पाउँछौं । यो हामीले मनन गर्नु जरुरी छ ।

तिब्बतीहरु करिब ६० लाखको जनसङ्ख्यामा छन् । हामी तामाङ १५ देखि २० लाखको हाराहारीमा छौं । तिब्बतीहरुको आफ्नै इतिहास, पहिचान र विशिष्टता छ । हामी तामाङको पनि आफ्नै छ । जाति राज्यको पूर्व रुप हो । यहाँ जाति भनेको हिन्दू परम्परा अनुसारको जात होइन जाति समदुदाय वा राष्ट्र (Nation) भनिएको हो । थुप्रै जाति मिलेर देश (Country) बन्छ भन्ने तर्क त विश्वभरीका मानवशास्त्रीले स्वीकार गरेको तथ्य हो । यसलाई अझ सरल रुपमा भन्नु पर्दा तामाङ जाति (Tamang Nation), गुरुङ जाति (Gurung Nation), राई जाति (Rai Nation) र यस्तै अरु थुप्रै मिलेर नेपाल देश (Nepal Country) बनेको हो ।

कुनै पनि जाति हुनको लागि सम्बन्धित जातिको मौलिक भाषा, धर्म, सस्कृति, आदि हुनु जरुरी छ । तामाङ जातिको पनि आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति, संस्कार र परम्परा छ । यी तथ्यहरुको आधारमा तिब्बती जाति वा राष्ट्रको धर्म बुद्ध र ल्होछार ग्याल्पो हुन्छ, गुरुङ जाति वा राष्ट्रको धर्म बुद्ध र तमू ल्होछार हुन्छ, नेवार राष्ट्र वा जातिको बुद्ध धर्म र नेपाल सम्बत् हुन्छ भने तामाङ जाति वा राष्ट्रको बुद्ध धर्म र सोनाम ल्होछार किन हुन सक्दैन ?

हिजो हिन्दू एक नश्लीय राज्यले अन्य आदिवासी जाति जस्तैः नेवार, गुरुङ, मगरलाई भन्दा तामाङलाई तल्लो दर्जा दिई मासिन्या मतवाली भनी विभेदको आगोमा पिल्साएको घाउको खाटा बसि सकेको छैन । अहिले तामाङलाई मासिन्या मतवाली घोषणा गर्ने त्यही राज्य रुपान्तरित भएर गणतन्त्रसम्म आइपुगेको र सबै जातिले आ–आफ्ना हिसाबले पर्वहरु मनाउन पाउने भएको छ । तर तामाङ आफैं एक अर्कालाई यही ल्होछारको विषयलाई लिएर किन औंला ठड्याउँदै छौं ? यो गम्भिर प्रश्न हो । तामाङ राष्ट्रका प्रत्येक मन मुटुले यी प्रश्न माथि गम्भिर भएर सोचौं । ल्होछारको शुभकामना ।

तपाईको प्रतिक्रिया