संगीतसँग सहयात्र गर्दै रेश्मा बम्जन (भिडियो)


संगीत एउटा विशाल समुद्र हो । संगीतविना पशुपंक्षी पनि टाढा रहन सक्दैन । संगीतलाई सुख दुखको सहयात्री रुपमा पनि मान्ने गरिन्छ, समाजले । सांगीतिक क्षेत्रलाई अँगाल्दै अगाडि बढिरहेका छन्, गायिका रेश्मा बम्जन ।

सिन्धुली जिल्ला साविक लदाभीर गाविस हाल दुधौली गाउँपालिका-०७ मा जन्मिएका गायिका बम्जन दोस्रो विश्वयुद्धका एक योद्धा वीर गोरखाली बुबा दर्जबहादुर बम्जन र आमा आइतमाया तामाङकी छोरी हुन् ।

गायिका बम्जनले सेलो, आधुनिक, लोक पप र फ्युजन गरी दर्जन गीतमा स्वर दिइसकेका छन् । उनले स्वर दिइएका गीत ‘डम्फु र सेलो…’, ‘यो कान्छीको…’, ‘मैले क्याराम भो..’ लगायतका गीतहरू चर्चामा छन् ।

बम्जन सुनाउँछिन्– “सानैदेखि गायन क्षेत्रमा रुची भएपनि विषयगत अध्ययन भइरहेको थिएन । पछि घरपरिवारले मेरो इच्छालाई बुझेको कारणले गर्दा पनि बी म्युजिक पद्मकन्या बहुमुखी क्याम्पसबाट उतीर्ण गरेको खुलासा गरिन् । त्यसैले त उनले थपिन्– संगीत जीवनको अभिन्न अंग बन्दै गइरहेको छ ।”

ग्लोबल भ्वाइस प्रालिद्धारा संचालित सैलुङ फेस टु फेस कार्यक्रम कुराकानी गर्ने क्रममा उनले सा रे ग म प ध नि स को प्रारम्भ अक्षर सा… को व्याख्या यसरी गरिन्– एक सप्तकमा सात वटा स्वरहरू हुन्छन् । षडज वा २४० आन्दोलनबाट उत्पन्न हुने स्वर हो ।

गायिका बम्जनले हिजोआज स्टेज कार्यक्रमहरुमा व्यापक निम्तो आएकाले निकै व्यस्त रहेको सुनाइन् ।

स्मरण रहोस्, हाम्रो सैलुङ फेस टु फेस विविध आयाम र क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गर्ने अभिप्राय हो ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका