‘स्मार्ट दोलखा निर्माण’ शुभारम्भ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ‘स्मार्ट दोलखा निर्माण’ शुभारम्भ भएको छ । शनिबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले स्मार्ट दोलखाको शुभारम्भ गरेका हुन् ।

जिल्ला समन्वय समिति दोलखा र नेपाल टेलिकमद्वारा शुभारम्भ कार्यक्रम आयोजना गरेका हुन् ।

दोलखाको सबै क्षेत्रमा उच्च गतिको इन्टरनेट जडान गरिनेछ, मन्त्री गुरुङले भने, ‘आजकै दिनबाट फोरजीको सुरुवात भएको छ ।’

‘सबै विद्यालय, स्वास्थ्य चौकी, कार्यालयहरुमा अप्टिकल फाइबारबाट इन्टरनेट प्रवाह हुन्छ,’ उनले भने, ‘योभन्दा अघि दोलखामा भिस्याटबाट इन्टरनेट प्रदान गरिरहेका थिए ।

मन्त्री गुरुङले पहिलो आफ्नै गृह जिल्लाबाट यो अभियान सुरु गरेको बताउँदै देशका ७७ वटै जिल्लामा पुर्याउने जानकारी दिए ।


गाउँपालिकाका प्रमुखहरुले उचित स्थान तोकिदिएमा सूचना प्रविधिको सुरुवात समेत गर्ने मन्त्री गुरुङले बताए ।

यो कार्यक्रम माघ २९ गतेको मन्त्रिपरिषदबाट पारित भएको हो ।

कार्यक्रममा नेपाल दूरसञ्चारका प्रतिनीधि लगायत जिल्लाका नगरपालिका, गाउँपालिका लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

 

तपाईको प्रतिक्रिया