कुर्दिस्तान इराक घेदुङले सोनाम ल्होछार मनायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कुर्दिस्तान, इराक

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले २८५७ औं सोनाम ल्होछार मनाएको छ । कुर्दिस्तान घेदुङले सुलेमानिस्थित नोबेल हलमा शुक्रबार ल्होछार मनाएको अध्यक्ष श्याम माम्बा तामाङले जानकारी दिए ।


अध्यक्ष माम्बाका अनुसार तिथिका आधारमा मुसा वर्गलाई बिदाइ गरेर शुक्रबारबाट लाङ(म्हे)गाई वर्गलाई स्वागत गरेका हुन् । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत भएको अध्यक्ष माम्बाले बताए ।

स्थापनाकालदेखिनै विभिन्न कार्यक्रम गर्दै आएको इराक घेदुङले यसवर्ष भने टिकट सिस्टम हटाएको महासचिव श्याम घिसिङले बताए । महासचिव घिसिङका अनुसार बौद्ध धर्म अनुसार पूजापाठबाट सुरु भएको कार्यक्रम साँझ ५ बजे सकिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दुबई रेमिटका इराक प्रतिनिधि निमा शेर्पा रहेका थिए । कार्यक्रममा उपस्थित भएका आगन्तुकहरुले आयोजनाको भार कम गर्न आर्थिक सहयोग समेत गरेको महासचिव घिसिङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका