संखुवासभाका चैनपुर पनि सोनाम ल्होछार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
संखुवासभा

‘ आसन्न राष्ट्रिय जनगणना-२०७८ मा तामाङ जाति, तामाङ भाषा र बौद्ध धर्म लेखाऔं । कोभिड-१९ को महामारीमा सोनाम ल्होछार-२८५७ घर घरमा भव्य रुपले मनाऔ ‘ भन्ने नारा दिएपछि यसवर्ष व्यापक रूपमा ल्होछर गाउँगाउँ मनाएको पाइयो । त्यसमध्ये धेरै जस्तो गाउँहरुमा स्थानीय कलाकारहरुको बृहत प्रस्तुति रहेका थिए । भने केही गाउँ शहरहरुमा ख्यातिप्राप्त तामाङ कलाकारहरुको बेजोड प्रस्तुति रहेका थिए ।

त्यस्तै संघीय घेदुङले काठमाडौंस्थित औरीकल होटलबाट ‘भर्चुअल ल्होछार सांस्कृतिक समारोह’ आयोजना गरी जुममार्फत ल्होछार कार्यक्रम गरेको थियोे ।

यसै क्रममा संखुवासभाका चैनपुर नपा-९, खाम्लिङमा मञ्जुश्री संवत् २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसर पारेर संस्कृतिक कार्यक्रम गरेको छ । उक्त कार्यक्रम वडास्तरीय घेदुङले भाषा, धर्म, संस्कृति लगायत तामाङ समुदायका अन्य विविधतालाई प्रवर्द्धन तथा सम्बर्द्धन गर्ने उदेश्य कार्यक्रम गरेको अध्यक्ष तीर्थ बहादुर तामाङले जानकारी दिए ।


अध्यक्ष तामाङका अनुसार चैनपुर नपा-९ खाम्लिङका घेदुङले पहिलोपटक ल्होछारको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रम गरेका हुन् । ल्होछारमा स्थानीयस्तरका प्रचलित खेलकुदका कार्यक्रमसमेत गरेको अध्यक्ष तामाङको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि चैनपुर नगरपालिकाका तथा संघीय घेदुङका सदस्य हस्त बहादुर तामाङ घिसिङले टोलमै ल्होछारलाई बृहत बनाई दिएकोमा आयोजकलाई धन्यवाद दिए । सदस्य घिसिङले अब घरघरमा ल्होछारलाई विधि अनुरुप मनाउनु पर्ने तर्क राखे ।

त्यसैगरी विशेष अतिथि प्रदेश नम्बर १ का घेदुङका सदस्य धनबहादुर तामाङले शुभकामना मन्तव्यका क्रममा अबका दिनमा ल्होछार घरघरमा बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया