ल्होछारमय बन्यो गुराँसे डाँडा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रामेछाप

२८५७ लाङ ल्हो सोनाम ल्होछार ‘विशेष सांस्कृतिक महोत्सव’को सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ दोरम्बा गाउँपालिका कार्यसमिति रामेछापद्वारा गुराँसेमा आयोजना गरिएको ल्होछार महोत्सवमा सम्बोधन गर्दे नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङले बालबच्चाको पठनपाठनमा महत्वपूर्ण ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘म जस्तै कुलमान हुन सबैले बालबच्चाको भविष्यप्रति ध्यान दिन जरुरी छ ।’

घिसिङले इलेक्ट्रिक चुलोलाई घरघरमा जोडिन आग्रह गर्दै यसले आफ्नै देशबाट उत्पादित विजुलीको प्रयोग पनि हुने आर्थिक पनि आफ्नै देशमा रहने बताए ।

त्यस्तै दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले तामाङको भाषा, संस्कृतिलाई बचाउनु हाम्रो दायित्व रहेको बताए । उनले भने,‘यो ल्होछार विशेष भएको छ । अर्काे बर्षको ल्होछारमा गाउँपालिकाको विशेष सहयोग रहनेछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले हाम्रो पर्वलाई हामीले नै प्रचारप्रसार गर्नु हाम्रो जिम्मेवारी रहेको बताए ।

त्यस्तै घेदुङ संघीय कार्यकारी अध्यक्ष कुमार घिसिङ लगायतका अतिथिहरुले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवमा कलाकारहरु इन्दिरा गोले, शशिकला मोक्तान, बैरागी मोक्तान, जीबन बमजन, टेक घिसिङ, मिलन मोक्तानको प्रस्तुतिले गुराँसे ल्होछारमय बनेको थियो ।

त्यस्तै पासाङ मोक्तान, सन्ध्या सुस्केरा, प्रमिला मोक्तान, फापारे गायक पोङ्थीला च्याङ्बा, सुनिता बलको प्रस्तुतिले मनोरञ्जनात्मक बनेक थिए ।


महोत्सवका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष मिनबहादुर घिसिङले पहिलो पटकको कार्यक्रमले आगामी कार्यक्रमको लागि समेत हौसला मिलेको बताए ।

ताम्बा, लामा, झाँकी, पञ्चेबाजाको प्रस्तुतिले महोत्सवलाई थप उल्लासमय बनाएका थिए । समितिका सचिव मिलन घिसिङले कार्यक्रम संचालन गरेका थिए ।

थप यो पनि

गुराँसेमा हुने ल्होछारको तयारी पूरा

तपाईको प्रतिक्रिया