निजगढ मेयर कप : खेलमा हिमाल र बाघभैरव बिजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

तेश्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा हिमाल युवा क्लव र बाघभैरव युवा क्लवले जित निकालेको छ । शहिद हिरालाल रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा हिमाल युवा क्लवले सिंगौल फुटबल क्लव बि लाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २८ औ मिनेटमा हिमालका अर्बिन कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा सिंगौलका छबिलाल विश्वकर्माले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ३८ औ मिनेटमा हिमालका वर्षात मोक्तानले गोल गर्दै पुनः अग्रता दिलाए ।

सिंगौलले गोल पोस्ट नजिक गरेको फल पश्चात प्राप्त पेनाल्टीको सदुपयोग गर्दै वर्षातले हिमाललाई अग्रता दिलाएका थिए । सो गोल नै हिमालकोलागी बिजयी गोल बन्यो । खेलमा हिमालका गोल रक्षक प्रमेश गुरुङ र सिंगौलका बिबेक मगरले पहेलो कार्ड प्राप्त गरेकाथिए । खेलको म्यान अफ द म्याच हिमालका गोल रक्षक प्रमेश भए ।

तेसैगरी सोमबार सम्पन्न दोश्रो खेलमा बाघभैरव युवा क्लवले निजगढ युनाईटेड क्लवलाई ६—२ गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बाघभैरवका हस्त बहादुर चौरेलले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल गरेको २ मिनेट मै चौरेलले पुनः गोल गर्दै बाघ भैरवको अग्रता दोब्बर बनाए । खेलको शुरुवातमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको निजगढ युनाईटेडकालागि ३५ औ मिनेटमा अजय कुमार रुम्बाले गोल गर्दै खेल लयमा ल्याउने प्रयास गरेका थिए । ४३ औ मिनेटमा बाघभैरवका दिपेश घतानीको आत्मघाती गोलसंगै खेल २—२ को बराबरीमा पुगेको थियो । तर आक्रामक रुपमा प्रस्तुत भएको बाघभैरवले निजगढ युनाईटेडको पोस्टमा निरन्तर आक्रमण गर्यो ।

६० औ मिनेटमा बाघभैरवका दिल कुमार वाईबाले टिमकालागि तेश्रो गोल गर्दै पुनः अग्रता दिलाए । सो गोलसंगै बाघभैरव खेलमा निरन्तर हावी भयो । खेलको ६३ औ मिनेटमा बाघभैरवका हस्त बहादुर चौरेलले ह्याट्रिक पुरा गर्दै टिमलाई ४—२ को अग्रता दिलाए । तेस्को ४ मिनेट मै अरुण पाख्रिनले गोल थप्दै खेल ५—१ को स्थितिमा पुर्याए । दोश्रो हाफको अतिरिक्त समयमा गोल गर्दै बाघभैरवका हस्त बहादुर चौरेलले व्यक्तिगत गोल संख्या ४ पुर्याएपछी खेल ६—२ गोल अन्तरले बाघ भैरवको पक्षमा गएकोहो ।


खेलको म्यान अफ द म्याच बाघभैरवका हस्त बहादुर चौरेल बने । प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा खेल हुनेछन ।

मंगलबार हुने पहिलो खेलमा दिउसो १२ः३० बजे चौतारा युवा क्लव र योङ्गस्टार युवा क्लव बीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २:३० बजे हुने दोश्रो खेलमा निजगढ युवा क्लव ए र निजगढ १३ युवा क्लव बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेता १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया