भर्च्युअल (जुम) माध्यमबाटै ल्होछार शुभकामना आदानप्रदान

तामाङ कलाकार संघले पनि ‘भर्च्युअल’बाटै शुभकामना आदानप्रदान

दक्षिण कोरिया

मन्जुश्री सम्वद २८५७औं सोनाम ल्होछार (लाङ ल्हो/गाई वर्ग) को अवसरमा तामाङ समाज ख्याङ्साङ बुसानले कोरियाले शुभकामना आदानप्रदान गरेको छ । फेब्रुअरी ११ विहीबार गते भर्च्युअल (जुम) माध्यममा नेपालबाट अथितिहरुको उपस्थितिमा ल्होछार मनाएको हो ।

‘राष्ट्रिय पर्व सोनम ल्होछार हाम्रो सान, आफ्नो मौलिक चाड संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ आयोजना गरिएको कार्यक्रममा नेपालबाट प्रमुख अथिति बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ, बिशेष अथितिहरु अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिस्ठ उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङ संघीय परिषद्का उपाध्यक्ष कुमार घिसिङ र तामाङ भाषाविद अमृत योञ्जन–तामाङ थियो ।

कोभिड–१९ कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा कोरियन सरकारले बढीमा पाँच जनाभन्दा बढी मानिस भेटघाट गर्न नमिल्ने नियमले लागु गरेकाले गर्दा तामाङ समाजले विगतको भन्दा फरक तरिका कार्यक्रम गरेको बताए । यस खालको कार्यक्रममा पनि अमुल्य समय दिएर सहभागी भएका सम्पूर्ण ल्होछारप्रमीलाई आयोजक संस्थाका अध्यक्ष सुजित घिसिङले हार्दिक धन्यवाद दिदै शुभकामना व्यक्त गरेका थिए ।


 

तामाङ कलाकार संघले पनि ‘भर्च्युअल’बाटै शुभकामना आदानप्रदान

यता नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले पनि भर्च्युअल (जुम) माध्यममा नेपालबाट बरिस्ठ सेलो गायक चन्द्रकुमार दोङको प्रमुख अथितिमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि कलाकार दोङ, विशेष अथिति नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, नेपाल तामाङ संघ कोरियाको अध्यक्ष मेघप्रसाद वाइबा, साहित्यकार तथा कवि विना थिङ, नेपाल पत्रकार महासंघ कोरियाको अध्यक्ष रञ्जनराज कुँवर, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्वाध्यक्ष चित्रबहादुर मोक्तान, नेपाल तामाङ संघका संरक्षक सोम तामाङ लगायतले शुभकामना आदानप्रदान गरेको थियो ।

सन् २०२० मा स्थापना भएको कलाकार संघले यस ल्होछारमा पहिलो पटक शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । संघका कार्यवाहक अध्यक्ष गायक सुर्य रुम्बाको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया