‘अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा’ प्रतियोगिता सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
इजरायल

नेपाल तामाङ घेदुङ, इजरायलद्वारा गरिएको ‘अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा–२०२१’ प्रतियोगिता सम्पन्न भएको छ ।

२८५७ लाङ ल्हो सोनाम ल्होछारको शुभकामना आदानप्रदानसँगै भच्र्युअल गरेको प्रतियोगिताको विजेता सम्राटजंग कुँवर भएको छ ।

त्यस्तै प्रतियोगिताको दोस्रो रुपक घलान, तेस्रो मिक्मार तामाङ भएका छन् । त्यस्तै सन्त्वाना सोनाम लामा तामाङ र जीवन बमजन भएका हुन् ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैया, दोस्रोले १० हजार र तेस्रोले ५ हजार र सान्त्वनाद्वयलाई २५ सय रुपैयाँको पुरस्कार दिएको छ ।
बिजयी प्रतियोगीहरुको पुरस्कार र प्रमाणपत्र साथै अन्य प्रतियोगीहरुको प्रशंसापत्र अनलाइन माध्यमबाट उपलब्ध गर्ने घेदुङ इजरायलका अध्यक्ष सिताकुमारी घिसिङले जानकारी दिइन् ।


विजेताहरुलाई प्रदान गरिने पुरस्कारहरु प्रथम पुरस्कार संस्थाकी अध्यक्ष सीताकुमारी घिसिङ तामाङ, दोस्रो पुरस्कार तामाङअनलाइन डट कमका सम्पादक बीबी योन्जन तामाङ र तृतिय पुरस्कार संस्थाकी सदस्य मिना माम्बा तामाङले प्रयोजन गरेका हुन् ।

तामाङ पहिचानप्रतिको सबैको मायाले नै यो प्रतियोगिता गर्न संस्था सफल भएको हो, अध्यक्ष घिसिङले भनिन् ।

प्रतियोगिताको संयोजक नानीमाया योन्जन तामाङले सबै सहभागीतालाई धन्यवाद दिदै ल्होछारले सबैमा उमंग छाओस भन्दै शुभकामना दिइन् ।

तामाङ मौलिक पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ हुदै

तपाईको प्रतिक्रिया