नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठूला शहर टोकियो र नागोयामा तीज धमाका २०१९ कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखि २०:३० बजे हुनेछ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित होकुतोपिया चुचुजी हलमा साँझ ६:०० देखी २२:०० बजेसम्म हुने भएको छ ।
बिगत केही वर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेकाे यस समाजले यस वर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका बरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोकदोहोरी गयिका शान्ता परियार जापान आउने भएको छ । साथै नागोयाको लागि भने जापानमै कर्मथलो बनाएका मिठो स्वको धनी चर्चित लोकदोहोरी गायक सूर्य खड्काको पनि थप प्रस्तुती रहनेछ ।
समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई अकस्मित रुपमा भैइपरी आउने दैवि प्रकोपलगायत विविध खालका बिपतमा परेकाहरुको उद्दारका लागि ‘आपतकालीन राहत कोष’ संकलनका लागि गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफूलाई पायक पर्ने ठाउँमा गई मनोरन्जन लिन र सहयाेग गर्न का लागि आयोजकले अनुराेध गरेकाेछ ।