अब अनलाइनबाट नै हसाउन सकिने, बुद्धि तामाङ निर्णायक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।

प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।

निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो । जसलाई अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन्।


प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन ( https://ramailojokescompetition.com ) नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ ।

यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्वि तामाङ , हास्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन्।

यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउनेछन्।

तपाईको प्रतिक्रिया