छेटुपको ल्होछार कोसेली ‘डम्फुरी चरी फिरफिर’

दक्षिण कोरिया

गायक छेटुप लामा मोक्तानले ल्होछारमा ‘डम्फुरी चरी फिरफिर…’ बोलको सेलो गीति कोसेली ल्याएको छ । विहीबार साँझा ल्होछारको अवसर पारेर गीतको भिडियो सार्वजानिक भएको हो ।


गायक छेटुप लामा मोक्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गीतलाई कल्पना वाइबाले लेखेकी छिन् । गायक छेटुपको यो तेस्रो सांगीतिक कोसेली हुन् । यस अघि उनको स्वरमा ‘जुत्तामा हेर्नु दुलो…’, ‘मेरो नेपाल…’ बोलको गीत ल्याइसकेको छ ।

गीतलाई संगीत स्वंय गायकले नै भरेको छ भने फनिन्द्र राईले एरेन्ज गरेको छ । नेपालमा पर्पल स्टुडियो र कोरियामा जेएनसी रेड् बक्स स्टुडियोमा रेकर्डिङ गरेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेको छ । भिडियोलाई सेलो सन्गम अफिसियल च्यानलमार्फत सार्वजानिक गरेको छ ।

भिडियोमा तामाङ नायक अमिर दोङ, सन्दिप स्याङतान, नायिका चाँदानी मोक्तान, लता योञ्जन, कुइसाङ रुम्बा, सुस्मा मोक्तान, प्रभा घिसिङ र अनिता नेगीको अभिनय रहेका छन् । भिडियोलाई निर्देशक अजय स्याङतानले निर्देशन तथा कोरियोग्राफी गरेको छ । भिडियोलाई बिक्रम लामा मोक्तानले छायाँकन गरेको छ ।

 

तपाईको प्रतिक्रिया