वर्तमान नेपाली राजनीतिको खिचडी

काठमाडाैं

खिचडी एक स्वादिष्ट परिकार । चामल, दाल र अन्य खाद्यन्नको समिश्रणबाट बन्ने परिकार । यदाकदा जाउलो नामले सम्बोधित भए पनि वास्तविक नाम खिचडी नै हो । खाद्यन्नहरुको असन्तुलित मिश्रणबाट बन्छ यो । एउटा चीजसँग अर्काे चीजको समिश्रण खासै वैज्ञानिक नाप जोख र तालमेलमा हुँदैन । पाकिसकेपछि समिश्रित चिजहरुको अलगअलग अस्तित्व नदेखिने तर सामूहिक, भिन्न र विशेष स्वाद भेटिने खिचडीको मूलभूत विशेषता हो । विशेष स्वादकै कारण खिचडी खानेको जिभ्रोमा यसको स्वाद झुन्डिएको हुँदो हो ।

तर, खिचडी बिग्रियो वा कुहियो भने त्यो के हुन्छ ? हामी सबैलाई थाहा नै छ । बिग्रिएको वा कुहिएको खिचडी झुक्किएर मुखमा पर्यो मात्र भने पनि त्यसले छेरपटी त चलाउँछ नै घाट पुर्याउन बेर लगाउँदैन । नेपाली राजनीतिमा खिचडी पकाउन र पाक्न थालेको लामै समय बितिसक्दा पनि यो आम सोशित, उत्पीडित जनता, जाति, समुदायका मुक्तिका खातिर मौलिक नेपाली राजनीति बन्न नसक्दा यो बिग्रिएको खिचडी झैं बनेको छ ।

खिचडी पाक्ने भान्सा, पकाउने भान्से, यसमा मिश्रित सामाग्रीहरु र भान्सेको पाककला ज्ञान थाहा पाउनले नेपाली राजनीतिक खिचडी सम्पूर्ण नेपाली जनताका लागि स्वादिष्ट र स्वस्थ्यवद्र्धक किन पाक्न सकेन भन्ने अहँ प्रश्नको जवाफ पाउन सकिन्छ । त्यसैले नै सबैका रुचिकर, स्वादिष्ट र मिष्ठान्न खिचडी तयार हुने हो ।

पृथ्वीनारायण शाह छैन, नवसामन्तवाद छ । मनु छैन । जंगबहादुर र महेन्द्र छैन तर अहिले पनि शासनमा कुलिनतन्त्र र सर्वसत्तावाद छ । वैचारिक, नीतिगत, विधि एवं व्यावहारिक हिसाबले राजकीय प्रणाली नवसामन्तवादी, औपनिवेशीक, कुलीन र सर्वसत्तावादी छ ।

राजकीय प्रणालीको समीक्षा  : नेपालमा आन्तरिक उपनिवेश छ । पृथ्वीनारायण शाह छैन, नवसामन्तवाद छ । मनु छैन । जंगबहादुर र महेन्द्र छैन तर अहिले पनि शासनमा कुलिनतन्त्र र सर्वसत्तावाद छ । वैचारिक, नीतिगत, विधि एवं व्यावहारिक हिसाबले राजकीय प्रणाली नवसामन्तवादी, औपनिवेशीक, कुलीन र सर्वसत्तावादी छ । यस प्रकारको राजकीय प्रणालीको आधुनिक ‘देव’को पगरी गुथ्ने दौडमा कानुनी माक्र्सवादी (कम्युनिस्ट), कानुनी मार्क्सवादीकै अनुयायी विश्वेश्वरप्रसाद कोइरालाका उदारवादका पिछलग्गु काङ्ग्रेस र पञ्चायतका सहउत्पादन राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल देखिन्छ । राजनीतिक रंगमञ्चमा जनता हार्ने दौडको मञ्चन फेरि सुरु भएको छ । कानुनी मार्क्सवादी  सरकारी कित्तामा दौडने क्रममा अहिले अलि अघि पुगेको देखिन्छ । उदारवादी काङ्ग्रेस त्यो भन्दा थोरै पछि र तेस्रोमा कानुनी मार्क्सवादी (कम्युनिस्ट) नै (सडकमा आन्दोलनरत) देखिन्छ । चौथो र पाँचौ को हुने हो राजनीतिक पटाक्षेपले आउँदा दिनहरुमा देखाउँदै जाला ।

कानुनी मार्क्सवादी (कम्युनिस्ट) सडक र सरकारी दुबैको धारणा परिष्कृत युरो साम्यवादी विचारको नेपाली नक्कल जनताको बहुदलीय जनवादको वैचारिकी, कानुनी मार्क्सवादी र काङ्ग्रेसका सूत्रधार विश्वेश्वरप्रसाद कोइराला भजाउने उदार प्रजातान्त्रिक वैचारिकी र समन्वयवादी उदारीकरणको वैचारिकीमा उभेको राष्ट्रिय प्रजातन्त्र पार्टी सबैलाई रुप र सार जुनसुकै पाटोबाट नापे पनि तौले पनि एउटै वजन आउँछ । नेपाली जनता उनीहरुलाई तौलन हैरान छन् । जनता पनि कत्ति न तराजु पक्रन जाने जस्तो कहिले कम्युनिस्टलाई भारी पुर्याइदिन्छन् त कहिले काङ्ग्रेसको डोको भरी दिन्छन् । २०४७ सालपछि जनताले कम्युनिस्ट र काङ्ग्रेसलाई गरेर तीन पटक बहुमत नामको डोको भरिदिए । भरी डोको बोकेर पाँच वर्षका लागि हिँडेका दुबैले बिच बाटामै थाकेर बिसाउँछ र फेरि जनतालाई उही डोको भराई माग्दै फर्किन्छ । उनीहरु त्यसो किन गर्छन् त ? यसको सिधा जवाफ हुन्छ उनीहरु एउटै ड्याङका मुला हुन् ।

नेपाली जनतालाई काङ्ग्रेस र कम्युनिष्ट फरक जस्तो लाग्छ वा लाग्ने बनाइदिएको छ । जनतालाई उनीहरुले हामी अलग हौं भनेर पढाउँदै आएका छन् । उनीहरु बोल्ने बेला एउटै कुरा बोल्छन्, बोक्ने बेला उही एउटै डोको बोक्छन् र बिसाउँछन् पनि उसै गरी । व्यवहारले यी दलहरु फरक होइनन्, एउटै हुन् भनि प्रमाणित गरिदिएको छ । उनीहरु एउटै सिक्काका दुई पाटा जस्ता हुन् । विगत तीन सय वर्षदेखि खनजोत गरी उर्वर जमीनमा उम्रेका एउटै ड्याङका विकासे मूला । काङ्ग्रेस, कम्युनिष्ट, राप्रपा जे नाम दिए पनि ‘दक्षिणपन्थ मुला’ हुन् ।

‘सेटिङ’को अर्थ  : नेपालको शासन प्रणाली ‘सेटिङ’मा चलेको छ । जनतालाई व्यक्तिगत र सामुदायिक दुबै हिसाबले नागरिक हुन नदिने राजकीय ढाँचा विगत देखिकै हो । यसैले देशलाई स्वाधीन र आत्मनिर्भर बन्न दिएको छैन । यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय मिलेमतो छ । यो कसैको सामु लुकेको छैन, घाम जत्तिकै छर्लङ्ग छ ।

नेपालको राजनीतिको ‘सेटिङ’ बुझ्नु नै वर्तमान राजनीतिक खिचडीको चुरो थाहा पाउनु हो । सर्वाेच्च अदालत, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता नियन्त्रात्मक प्रशासन अर्थात् समग्रमा सार्वजनिक प्रशासन, सामाजिक मूल्य, पुरातन अभ्यास, आधुनिक तथ्य निर्माणको राजनीतिक धरातल, मनोविज्ञानको भाष्य कस्तो छ ? सेटिङको गहिराइलाई यी कोणबाट बुझ्न सकिने हो ।

आज फेरी कसैले ‘सेटिङ’ छ भन्छ भने व्यक्तिगत तहको लेनदेन समेत मिलेको र मिलाउनमा म सक्षम छु मात्र भन्न खोजेको हो । यस्तो व्यक्तिगत तहका लेनदेनमा जसको भारी गह्रौ हुन्छ फरक यति मात्र हो राजनीतिक रंगमञ्चमा उसको अनुहार बढी देखापर्छ । वास्तविकतामा सबैमा निहित गुण एउटै हो ।

सेटिङका आधारभूत तह जसलाई जनताले झ्वाट्ट पर्गेल्न सक्दैनन् । जस्तो कि खिचडी बनाउने सामाग्रीको मिश्रण र बनाउने तरीका । खिचडी त परिणाम न हो यस्तो पाकेछ भनेर देखिने । कसरी, कस्ले, कहाँ पकायो र सामाग्रीको समिश्रण कस्तो थियो ? यस बारे ज्ञान हुनुपर्यो । खिचडी मात्र भनेर स्वादिलो र स्वस्थ्यवद्र्धक हुन्छ भनेर सोचेमा सेटिङको अर्थ बुझ्न गाह्रो मात्रै हुने होइन बुझिँदैन पनि ।

कहिलेकाही हामीलाई पात्र बदलिँदा सेटिङ भत्कियो भन्ने लाग्छ । यो फगत भ्रम हो ।

औपनिवेशिकता, नवसामन्तवाद, कुलीनतन्त्र एवं सर्वासत्तावाद बिचको अन्तरसम्बन्ध, त्यसले निर्माण गरेको जबरजस्त सामाजिक प्रणाली, त्यही प्रणालीले निर्देशन र नियन्त्रण गर्ने सार्वजनिक प्रशासन, विभिन्न संवैधानिक आयोग, निकाय, ऐन, कार्यविधि, कर्मचारी प्रशासन, विकास प्रकाशन, जंगी प्रकाशन सेटिङको आधारभूत र वैचारिकी पक्ष हो । कहिलेकाही हामीलाई पात्र बदलिँदा सेटिङ भत्कियो भन्ने लाग्छ । यो फगत भ्रम हो । सामाजिक, राजनीतिक, आर्थिक, भौगोलिक, सांस्कृतिक, भाषिक, मनोवैज्ञानिक, मानव विकासका उपलब्धिका सूचकहरु नियाल्नुहोस् राणाकाल, शाहकाल, हालसाल अनिकालै अनिकाल । देश र जनताको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै । सामन्ती समूहमा अलि अलि नेपाली दाइहरुको सङ्ख्या थपिएको छ । यसलाई उपलब्धि भन्ने कि परिवर्तन ? व्यहोरा उस्तै छ । व्यवस्था बदलियो भन्छ तर अवस्था दुरुस्तै । फेरि पनि हामी थप भ्रम पछौैं । पहिलो भन्दा दोस्रो इमान्दार जस्तो लाग्छ । बोका, कुखुरा झैं पर्सिदिन्छौं बलिवेदीमा चढेको पत्तै हुँदैन ।

टुङ्ग्याउनी : दक्षिणपन्थ समूहको दौडमा मनु, पृथ्वीनारायण, जंगबहादुर र महेन्द्र सबैको प्रतिनिधि म नै हुँ भन्नेमा तिब्र प्रतिस्पर्धा छ । प्रतिस्पर्धा आमने सामनेको छ । पात्रहरुको अभाव खड्कन नदिने होड र अठोट छ । त्यही होड र अठोटले देश र जनतालाई कस्तो बनायो ? राज्यको संस्थापन मूल चरित्र कसरी बदल्न सकिन्छ ? समीक्षा यो विन्दुबाट गर्नु पर्दछ । पात्र र प्रवृत्ति मात्रै बदल्ने गरी सोच्नुले समाधान आएन । राजनीतिक स्थायित्व पनि दिएन यसले ।


अहिले पनि व्यक्तिगत तवरले दक्षिणपन्त धारका यी दलहरुमा समेत बहुमत कार्यकर्ताको पंक्ति इमान्दार नै देखिन्छन् । तर, ती इमान्दार कार्यकर्ताहरु पार्टीको निर्णायक तह भन्दा बाहिरा छन् । निर्णायक तहमा धुर्त र वेइमानहरुको राज छ । त्यसैले अब व्यक्तिगत इमान्दारितालाई वैचारिक, नीतिगत, विधि र कार्यक्रमिक तहमा समेत समायोजन गर्न आवश्यक छ ।

भाग्यवादी पुरातन मानसिकताले निर्माण गरेको मूल्य र पश्चिमा वैचारिकीको नक्कलबाट निर्देशित वर्तमान नेपाली राजनीतिको यथार्थ तथ्य हो । यही मूल्य र तथ्य बिच आफैंमा चलिरहेको अनौठो अन्तरक्रिया र त्यसबाट निर्मित राजनीतिक खिचडी स्वादिलो कसरी बनोस् । संस्थापन मूल्य र तथ्य निर्माणको वास्तविकता केलाउने नेपाली मौलिकताको राजनीतिक कार्यदिशा निर्माण आजको आवश्यकता हो । पात्र र प्रवृत्तिलाई समेत इमान्दार बनाउन विचार, नीति, विधि, कार्यक्रम बनाउने तरिकामै इमान्दारिता खोज्न जरुरी छ । आम जनता, नागरिक समाज, राजनीतिकर्मी, यूवा, वुद्धिजीवि, देशका विभिन्न तह र तप्कामा क्रियाशिल समूह, श्रमजीवि समुदाय र वर्ग अब इमानदारिताको मापन व्यक्तिको जीवनशैली र कार्यशैलीको तहमा मात्रै होइन उसले विचार, नीति, विधि र कार्यक्रम कस्तो बोक्छ भन्ने तहसम्म खोज्न जागरुक हुनुपर्ने वाध्यकारी क्षणमा छौं । अहिले पनि व्यक्तिगत तवरले दक्षिणपन्त धारका यी दलहरुमा समेत बहुमत कार्यकर्ताको पंक्ति इमान्दार नै देखिन्छन् । तर, ती इमान्दार कार्यकर्ताहरु पार्टीको निर्णायक तह भन्दा बाहिरा छन् । निर्णायक तहमा धुर्त र वेइमानहरुको राज छ । त्यसैले अब व्यक्तिगत इमान्दारितालाई वैचारिक, नीतिगत, विधि र कार्यक्रमिक तहमा समेत समायोजन गर्न आवश्यक छ । यसो गर्न सकेको दिन मात्र संसद् विघटन र भक्ति (पुज्ने शैली) केन्द्रिकरणको अन्य इहलिला समेत अन्त्य हुनेछ । राज्यको मूल चरित्र बदल्न सकौं होइन भने पखाला चलाउने बिग्रिएको खिचडी पाकिरहन्छ । कहिले छिटो छिटो पेट दुख्ला कहिले केही वर्षको अन्तरालमा दुख्ला फरक यति हो ।

rabindra12345tt@gmail.com

(थिङ जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य हुन् ।)

 

तपाईको प्रतिक्रिया