ग्रीनलाइफको आइपिओ बाँडफाँट, दुई जनालाई ११ कित्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

ग्रीनलाइफ हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ । सर्वसाधारणका लागि विक्री गरिएको फागुन ७ गते शुक्रबार बिक्री प्रबन्धक बिओके क्यापिटलले बाँडफाँट गरिएको हो ।

लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले गोलाप्रथाबाट बाँडफाँट गरिएको क्यापिटलले बताएको छ ।
३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन्।

हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो।

तपाईको प्रतिक्रिया