तामाङ समाज ओमानको अध्यक्षमा अनिता घिसिङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
ओमान

तामाङ समाज ओमानको अध्यक्षमा अनिता घिसिङ तामाङ चयन भएकी छिन् । शुक्रबार भएको तेस्रो अधिवेशनबाट घिसिङको अध्यक्षमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कार्यसमितिका बरिस्ठ उपाध्यक्ष पासाङ मोक्तान तामाङ, उपाध्यक्ष रिना योन्जन तामाङ, महासचिव राजु पाख्रिन, सचिव चक्रमान मोक्तान, कोषाध्यक्ष दावा सांगबु लामा, कोषाध्यक्ष विपी दोङ तामाङ, महिला संयोजक सीता पाख्रिन तामाङ, सांस्कृति बिभाग सिता थोकर तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरू क्रमशः राम दोङ तामाङ, हरि कुमार थिङ तामाङ, उमेश घिसिङ तामाङ, एक्का घलान तामाङ, जीवन योन्जन तामाङ, चमेली रूम्बा तामाङ, सुनिला पाख्रिन तामाङ, उर्मिला वाईबा तामाङ, स्हेना गोले तामाङ, माया बोम्जन तामाङ, संगीता दोङ तामाङ, डोल्मा स्यांग्बो तामाङ, कान्छी माया घिसिङ तामाङ, रिता मोक्तान तामाङ रहेका छन् ।


समाजका संरक्षणमा तेजबहादुर तामाङ, बरिस्ठ सल्लाहकार संयोजक फूर्वा रूम्बा तामाङ र सल्लाहकार विनोद बल तामाङ रहेका छन् ।

तामाङ समाज ओमानकी नवनिर्वाचित अध्यक्ष घिसिङले तामाङ समुदायको मौलिक जातीय, धर्म, भाषा, भेषभुषा, कला, संस्कार र संस्कृतिको बिकास र उत्थानको लागि आफ्ना टिमले भूमिका खेल्ने बताइन् । अध्यक्ष घिसिङले ओमनमा रहेका विभिन्न संघसंस्थासँग साझेदारी तथा हातोमालो गर्दै अघि बढ्न प्रतिबद्धता गरिन् । चितवनकी अनिता घिसिङ ११ वर्षअघि ओमन पुगेकी हुन् ।

अधिबेशनसँगै तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५७ लाङ,म्हे ल्हो अर्थात (गाई वर्ग) सोनाम ल्होछारको शुभकामना आदानप्रदान समेत गरेको अध्यक्ष अनिता जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया