निजगढ मेयरकप : योङ्गस्टारद्वारा सेमिफाइनल तय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

योङ्गस्टार युवा क्लव तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार हिरालाल रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा एफसी कोलगाउलाई २—१ गोल अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।


योङ्गस्टारको जितमा खेलको २० औ मिनेटमा अरुण लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको ७३ औ मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । कोलगाउले खेल बराबरी गरेको १ मिनेट पश्चात नै योङ्गस्टारले प्राप्त गरेको कर्नरमा अनिल लामाले हेड मार्फत गोल गर्दै पुनः अग्रता दिलाएका थिए ।

कोलगाउले खेलमा फर्कने निरन्तर प्रयास गरेपनि गोल हुन नसकेपछि योङ्गस्टारले नतिजा आफ्नो पक्षमा पायो । खेलको म्यान अफ द म्याच योङ्गस्टारका कप्तान रोशन लामा भए । प्रतियोगिता अन्तर्गत सेमिफाईनल प्रवेशकालागि अन्तिम क्वार्टरफाईनलको खेलमा आईतबार बाघभैरव युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुनेछ । बाघभैरव पहिलो चरणमा निजगढ युनाईटेडलाई पराजित गर्दै क्वार्टरफाईनलमा अप्रवेष गरेकोहो भने निजगढ युवा क्लव ए निजगढ १३ युवा क्लवलाई पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

खेल शहिद हिरालाल रंगशालामा २ः३० बजेदेखि हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया