अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ६ पदक

0 Shares
मलेसिया, क्वालालम्पुर

चौथो जेविन मलेसिया इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा फाईटर तर्फ १०-१२ वर्ष उमेर समूहमा आयुस ढुंगेल र १२-१४ उमेर समूहमा रिमा खत्रिले नेपालको लागि स्वर्ण पदक जिताएका थिए । त्यसैगरी प्रतियोगितामा रोजगारीको सिलसिलामा मलेसियामा रहेको तेक्वान्दो तथा कराते खेलाडी ह्याभी वईट्मा नोर्बु तामाङ र १२, देखि १४ उमेरमा फिमेल फाईटर हेमकला जिरेलले रजत र पुम्सेमा तर्फ चन्दु शाहीले कास्य पदक जितेका थिए ।

नेपालबाट सहभागी टिमका अफिसियलमा पेमा सिद्धि लामा, मेडिकल पर्सनमा अन्जु फुयाल, कोचमा गणेश कुमार पाण्डे, खेलाडीहरू सुमन लामा तामाङ, श्रीकृष्ण खड्का र टिम म्यानेजर केशव कुमार कार्किरहेका थिए । मलेसियाबाट सहभागी नेपालीहरुको टिम मेनेजर मनि कुमार थापा, कोचमा नोर्बु तामाङ र अन्तर्राष्ट्रिय रेफ्री जित्सिङ लामा तामाङ सहभागिरहेका थिए I

मलेसियाको क्वालालाम्पुरस्थित स्टेडियाम जुएरामा अगष्ट २ देखि ४सम्म भएको प्रतियोगितामा नेपाल, जापान, कोरिया, ब्राजील, चाइना, मलेसिया, इन्डोनेशिया, उज्वेकिस्तान, सिंगापुर, भारत लगायत गरी १४ देशका खेलाडीहरुका सहभागीता रहेका थिए ।

उक्त प्रतियोगिताका विजय तथा सहभागी खेलाडीहरू र टिम मेम्बरहरुलाई मण्डल रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ मलेसियाका वर्तमान महासचिव सुन्दर आलेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया