स्पेनिस भाषाका लागी ओला नमस्ते प्रकाशित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
स्पेन

नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ ।


कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरेको हो ।

साधारणसभाले समाजको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनि भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्‍याउने ध्येयले पुस्तक प्रकाशन गरिइएको जानकारी दिए ।

समाजले १३ लाख रुपैयाँको अक्षयकोष सञ्चालन गर्नका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ । पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया