पुनर्ताजगी प्रशिक्षण सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण पुनर्ताजगी प्रशिक्षण तालिम सम्पन्न भएको छ । रिड नेपालद्वारा आयोजित प्रशिक्षणमा ‘नेपालमा अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरण प्रवद्र्धन परियोजना’ विषयमा तालिम भएको थियो ।

फेब्रुअरी १०–११ तारिखमा प्रशिक्षक रामचन्द्र न्यौपाने (विपद् जोखिम व्यवस्थापन विशेषज्ञ (कार्यकारी अध्यक्ष ईको नेपाल (पूर्व अध्यक्ष–डीपीनेट) र डा. वीरेन्द्रराज पोखरेल (अपाङ्गता समावेशी विज्ञ–अबिलिस फाउन्डेसन)ले प्रशिक्षण दिएका थिए ।

तालिममा १२ जना प्रशिक्षकहरुले व्याख्यान, समूह अन्तक्र्रिया, सामूहिक कार्य, समूह प्रस्तुतीकरण विधिहरू प्रयोग गरेका थिए ।

रिड नेपालको अध्यक्ष भोलाकुमार श्रेष्ठ, उपाध्यक्ष शेरबहादुर परियार, सचिव मुरारी बिनोद पोखरेल पहिलो दिनको सेसनमा उपस्थित भएको थियो।

तालिममा प्राविधिक र व्यवहारिक सत्रहरू समावेश गरेका थिए। सामग्रीको सन्दर्भमा रिड नेपालका १५ जना कर्मचारी सदस्यहरू मूल रूपमा अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरणबारेमा उन्मुख भएका थिए ।


तालिममा आधारभूत विपद् जोखिम न्युनिकरण शब्दावली परिचय, विपद् जोखिम व्यवस्थापन चक्र र विपद् अघि, विपदको समयमा र विपद्पछि अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहयोग, अपाङ्गता विपद्को बारेमा भएको थियो ।

त्यस्तै सेण्ढाई फ्रेमवर्क २०१५–३० र दिगो विकास लक्ष्यहरूको प्रमुख प्राथमिकताहरू, Un\CRPD २००० को प्रावधान र नेपाली स्थानीय प्रावधान/योजना/अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित नेपाली स्थानीय नीतिहरू, अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरण दृष्टिकोण र सूचना कार्य (A / I) मोडेलको प्रयोगहरू भएको प्रशिक्षक न्यौपानेले जानकारी दिए ।

वाशिङटन समूह प्रश्नको परिचय तथा अपाङ्गता भएका व्यक्तिहरूको लागि छोटो सेट र समुदायमा आधारित विपद् जोखिम व्यवस्थापनको लागि यसको महत्त्व परिचय, जोखिम, उत्थानशिल र समावेशीकरण-विश्वव्यापी मान्यता, विपदको अघि–विपद्को समयमा र विपदपछि अपनाउनुपर्ने मुख्य सुरक्षाका सन्देशहरू लगायतका विषयमा सहभागीहरु प्रशिक्षित भएका थिए ।

तपाईको प्रतिक्रिया