योङ्गस्टार फाईनलमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

योङ्गस्टार युवा क्लव तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सिंगौल फुटबल क्लव ए लाई २—० गोल अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।


योङ्गस्टारको जितमा अरुण लामाले २ गोल गरेका थिए । खेलको ३३ औ मिनेटमा डी बक्स भित्र सिंगौलले फल गरेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै अरुणले योङ्गस्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १—० को अग्रता लिएको योङ्गस्टारले ५३ औ मिनेटमा पुनः गोल गर्दै २—० को अवस्थामा पुर्याए ।

खेलमा फर्कन सिंगौलले प्रयास गरेपनि सफल हुन् सकेन र योङ्गस्टार जित निकाल्दै फाईनल यात्रा तय गर्यो । खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भए । प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो सेमिफाईनल खेलमा हिमाल युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुनेछ । हिमालले पहिलो चरणमा सिंगौल फुटबल क्लव बि लाई पराजित गरेकोथियो भने क्वार्टरफाईनलमा रतनपुर युनाईटेड युथलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेकाे हो ।

खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० बजेदेखि शुरु हुनेछ ।

थप यो पनि

तपाईको प्रतिक्रिया