शहिदभूमिमा दन्त शिविर उद्घाटन, सोमबार २२५ जनाले सेवा लिए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको शहिदभूमि गाँउपालिकामा जेष्ठ नागरिक दन्त उपहार शिविर शुरु भएको छ । सोमबारदेखि शुरु भएको उक्त शिविर प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उद्घाटन गरेको हो ।

शिविरमा पहिलो दिन सोमबार शहिदभूमिका २ सय २५ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । पूर्वाअञ्चल डेन्टल अस्पताल इटहरीका प्राविधिक सहयोगमा उद्घाटन

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख अधिकारीले प्रदेशको नीति तथा कार्यक्रम अनुसार नै दन्त उपहार कार्यक्रम संचालन गरिएको स्पष्ट पारे । उनले जनप्रतिनीधिहरु जनताको घर दैलोमा पुगेर जनताको जीवनस्तर सबल र सार्थक बनाउ पनि कार्यक्रम अघि सारेको बताए । उनका अनुसार जेष्ठ नागरिकको सामाजिक सूरक्षा भत्ता पनि ५ हजार रुपैयाँ पुर्‍याउने योजना बनाएका छन् ।

त्यसैगरी प्रदेश सांसद विनादेवी राईले प्रदेशका नागरिकका स्वास्थ्य सूरक्षालाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप व्यवस्थितमा लागेको बताइन् । कार्यक्रममा प्रदेश सांसद निरन राईले प्रदेश १ का सबै स्थानीय तहमा १५ शैय्या भएका अस्पताल निर्माण कार्य अघि बढेको जानकारी दिए । प्रदेशले स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधार निमार्ण क्षेत्रमा कायपलाट गरिसकेको सांसद राईको भनाइ थियो ।


गापाका अध्यक्ष मनोज राईले मानव जीवनका लागि दाँत एक महत्वपूर्ण अंग भएकोले जेष्ठ नागरिकको जीवन यापनमा सहजता प्रदान गर्न र उनीहरूलाई निरोगी बनाउने उदेश्यले कार्यक्रम संचालनमा ल्याएको बताए ।

शिविरमा दात सफा गर्ने, भर्ने तथा खुद्रा तथा सेट दात लगाइ दिईने गापाका स्वास्थ्य शाखा प्रमुख फकिर महमोदले जानकारी दिए । तीन दिनसम्म चल्ने शिविरमा लगाएका दाँत दश वर्षसम्म टिक्ने बताएको छ । बीसदेखि २५ हजार रुपैयाँसम्म पर्ने दाँत गापाले लगाइदिने भएपछि जेष्ठ नागरिकहरुका मुहारमा खुशी देखिएको शिविर उद्घाटनमा उपस्थित स्थानीयहरुको भनाइ छ ।

गापाकी उपाध्यक्ष रत्नश्वरी राईले मन्तव्य राखेकी कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया