विपद न्युनीकरणसम्बन्धी स्थानीय सरकारसँग समन्वय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकाेट

नेपालमा अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरण प्रवर्द्धन परियोजना अन्तर्गतको स्थानीय सरकार र सरोकारवालाहरुसँगको समन्वय वैठक सम्पन्न भएको छ ।

बेल्कोटगढी नगरपालिकाको कार्यालयमा फागुन ७ गते एसबी जर्मनको आर्थिक सहयोग र रिड नेपाल तथा जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको साझेदारीमा भएको हो ।

नगरपालिका वडा नं. १, २, ३ र ककनी गाँउपालिका वडा नं. ३ नुवाकोटमा सन्चालित बैठक नगरपालिकास्तरीय भएको थियो ।

नगरपालिकाको प्रमुख राजेन्द्ररमण खनालले पुस्तकालयसँग सहकार्य गरि विपदको समयमा भएको क्षतिलाई न्युनिकरण गर्न पुस्तकालय र नगरपालिकाको समन्वय प्रभावकारी भएमा विपद् जोखिम न्युनिकरण गर्न सफल हुने बताए ।

नगरपालिका वडा नं. ३ का वडाध्यक्ष जनककुमार घिमिरेले सहभागीतालाई धन्यवाद दिदै कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न पुस्तकालयसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता गरे ।

यसैगरी शिक्षा शाखाको प्रमुख दामोदर दाहालले अहिलेको अवस्थामा पढ्ने बानीको विकास कम हुदै गएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो जिवनमा १० हजार भन्दा बढि किताब पढेको अनुभव सुनाए । उनले भने, ‘पुस्तकालयले पढ्ने बानीको विकासको लागि गरेको प्रयास निकै प्रभावकारी हुनेछ ।’

समन्वय वैठकको उद्देश्य तथा परियोजनाको प्रगति विवरण समितिको अध्यक्ष रामचन्द्र तिमल्सिनाले प्रस्तुत गरिएको थियो ।

वैठक स्थानीय विपद् तथा जलवायु उत्थानसील समितिको संयोजक राजेन्द्ररमण खनालको अध्यक्षतामा भएको थियो ।


कार्यक्रम पुस्तकालय व्यवस्थापन समितिको सचिव राजाराम न्यापानेले सन्चालन गरिएको थियो भने उपाध्यक्ष सरिता न्यौपानेल स्वागत गरेका थिए ।

नेपालमा अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरण प्रवर्द्धन परियोजना एवं रिड नेपालको कार्यक्रमकोे बारे परियोजना प्रबन्धक राजेशकुमार चौधरीले जानकारी दिए ।

कार्यक्रममा बेल्कोटगढी नगरपालिकाको प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडा, नगरपालिका अन्तर्गत रहेको विभिन्न शाखाको प्रमुखहरुको सहभागीता रहेका थिए ।

तपाईको प्रतिक्रिया