नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आज राती १२ बजेदेखी लागू हुने गरि पेट्रोल तथा डिजेलरमट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर क्रमशः १/०.५० रुपैयाँले वृद्धि गरेको निगमले जानकारी दिएको छ ।
त्यस्तै खाना पकाउने एलपि ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाई मुल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ किमि क्षेत्रभित्र)को पेट्रोलको नयाँ बिक्री मूल्य १०९ रुपैयाँ प्रति लिटर पुगेको छभने डिजेलको ९७ रुपैयाँ पुगेको छ । एल।पि। ग्यासको खुद्रा विक्री मूल्य (काठमाडौंको हकमा) १ हजार ३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ ।
हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपि ग्याँसमा करिब ६ अर्व रुपैयाँ नोक्सानी व्यहोरेको बताएको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन । यसरी मूल्य समायोजन गरेपछि विरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहेको निगमले जानकारी दिएको छ ।