साउदी अरबमा नेपाली कथनाक चलचित्र `सायाबुङ´को च्यारेटी शोको तयारी पुरा भएको छ । चलचित्र बोनम्यारो बिरामी शान्ति राईको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हो ।
चलचित्र खोबारस्थित क्लासिक रेस्टुरेन्टमा बकर ईदको दोस्रो दिन अगष्ट १३ तारिखमा प्रदर्शन गर्ने तयारी पूरा भएको आयोजकले जानकारी दिए ।
राई संस्कृतिमा आधारित नेपाली भाषी चलचित्रलाई किराँत राई यायोक्खा साउदी शाखाले सहनिर्माता श्री लिम्बुको अगुवाईमा च्यारेटी शो गर्न लागिएकाे हाे । चलचित्र साउदीमा व्यवसायिक भन्दा पनि राई जातिकाे मौलिक संस्कृतिको प्रचारप्रसार र बिरामीको सहयोगार्थ प्रदर्शन गर्न लागिएको आयोजकले बताए ।
दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्मित चलचित्रमा सौजन सुब्बा, निशा दुमी राई, सगुन सुसारा, साया बान्तवा राई, मदन दुमी राई लगायतका कलाकारहरुको अभिनय रहेकोछ । भक्त सुनुवार र उदय नेम्बाङ लिम्बुको संगीतमा दिपा लामा, दिपक लिम्बु र रजिना रिमालले आवाज दिएको छ ।
साया बान्तावा राई निर्माता रहेको चलचित्रलाई भगिराज राईको निर्देशन गरेका हुन् । धनु ज्ञाङ्मी मगरको पर्वसंगीत रहेको चलचित्रको छायांकन र सम्पादन देवजङ्ग थापाले समालेका छन् ।
पछिल्लो समय साउदीमा राईहरु किराया स्थापना गरी भाषा, संस्कृति, परम्पराकाे संरक्षण र सम्बर्द्धनमा लागेका छन् ।