‘फटाहा फणिन्द्रे’ मा बुद्धि र रवि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

फिल्म ‘फटाहा फणिन्द्रे’मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविसँग मंगलबार सम्झौता भएको जानकारी गराए ।

यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए ।

फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता विक्रमसिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाङ्कन रहनेछ ।


उत्तम केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहेको छ ।

यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत्रको पहिलो साताबाट छायाङ्कनमा निस्कदैछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका