नवौँ आदर्श एवं चौथो तारा स्मृति कप हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
तनहुँ

नवौँ आदर्श एवं चौथो तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमुना क्लबको आयोजनामा फागुन २४ गतेदेखि प्रतियोगिता हुनेछ ।
क्लबको एघारौँ वार्षिकोत्सवको अवसर र समाजसेवी स्व. ताराराज रानाको सम्झनामा यो प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । उनले ‘युवाको कामना सकारात्मक परिवर्तनमा आदर्श नमुना’ भन्ने हाम्रो उद्देश्य अनुरूप आयोजना गरिएको बताए ।
आदर्श तारा मनहरी खेलमैदानमा फागुन २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजेताले १ लाख १ रुपैयाँ, उपविजेताले ५० हजार एक रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पनि पुरस्कार प्रदान गरिनेछ ।
क्वाटरफाइनलदेखिको सम्पूर्ण खेलहरूमा म्यान अफ दि म्याच समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका