तामाङ समुदायको २८५७ औँ लाङ ल्हो सोनाम ल्होछार यस वर्ष पनि बागमती गाउँपालिकाले मनाउने तयारी गरिरहेकाे छ ।
फागुन २० गते गाउँपालिकाको वडा नं. ४ प्युटारस्थित कालीदेवी माविमा मनाउने गरी तयारी तीव्र गरिरहेको आयोजकले जनाएको छ ।
ल्होछारलाई आफ्नो घर आँगनमा मनाउने उद्देश्यले वडा नं. ४ प्युटार र बागमती गाउँपालिकाले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एवं महिला वडा सदस्य फुलमाया जिम्बाले बताइन् ।
महोत्सवमा सांस्कृतिकसहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । लामा, बोन्पो, ताम्बा लगायतको झाँकी प्रस्तुति रहनेछ ।
तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टल रहने आयोजकले जनाएका छन् ।