गीतकार तामाङको नयाँ गीत सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

शिवहरि थापाको ‘जब टाढा गयौ तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । गीतकार अशोककुमार तामाङको शब्द रहेको गीतमा सूर्य दयालुले संगीत भरेका छन् ।

संगीत समायोजन बिपिन आचार्यले गरेका छन् । अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन्। अभि लामाले निर्देशन गरेको छ ।


जीवनमा कसलैलाई माया गरिन्छ भने कहिलेकाहीँ शंका गरिन्छ । किनकि जसलाई मनदेखि माया गरिन्छ त्यही मान्छेलाई प्रायः कहिल्यै शंका गरिँदैन । शंकाले मन मुटुमा बसेका आफ्नालाई गुमाउन सकिन्छ । यस्तै भाव गीत प्रस्ट्याएको छ ।

भिडियोमा समीर तामाङ र करूणा मगरले अभिनय गरेकी छन् । उत्तम हुमागाईंले छायाङ्कन गरेका हुन भने फराज अर्पनले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=6scF_Zkx928&feature=youtu.be

तपाईको प्रतिक्रिया

पत्रपत्रिका