साउदीमा मगर दिवस मनायो, विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग

संस्थाका सदस्य चक्रको बिदाई

रविन थुलुङ राई संवाददाता
साउदी अरेबिया

नेपाल मगर संघ प्रवास शाखा साउदी अरेबियाले ३९ औं मगर एकता दिवस मनाएको छ । शाखाले शुक्रबार दमामस्थित एक कार्यक्रम गरि मनाएको कार्यबाहक अध्यक्ष बम थापा मगरले जानकारी दिए । उनका अनुसार विश्वव्यापी महामारी कोरोनाका कारण विगत बर्षहरुमा जस्तो भव्य रुपमा मनाउने वातावरण नभएको कारण संस्थाका सिमित पदाधिकारीहरुका उपस्थितिमा दिवस मनाएका हुन् ।

विशेष गरेर फागुन १५ लाई मगर एकता दिवस रुपमा मनाउदै आए पनि प्रवासमा सबैलाई सहजताका लागि (शुक्रबार) अर्थात एक दिनअघि मगर एकता दिवस मनाएको कार्यबाहक अध्यक्ष बमले बताए ।


कार्यक्रममा मगर एकताका संस्थापक अध्यक्ष डा. हेमबहादुर पुनको सम्मान र सम्झनासहित तस्बिरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारीहरुले आआफ्ना भनाइ राखेका थिए ।

सोही अबसरमा रोल्पा थवाङ गाउँपालिका-३ मिरुलस्थित लुजा ओइबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष बमले जानकारी दिए । उनका अनुसार उक्त आर्थिक सहयोग शाखाका उपाध्यक्ष चुन बुढालाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी नेपाल मगर संघका सदस्य चक्र पुन मगरलाई बिधाई समेत गरेका थिए । सदस्य चक्रलाई साउदी बसाइँका क्रम संस्थालाई गरेका योगदानलाई कदर स्वरुप सम्मानपत्र तथा मायाका चिनो प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका