गुम्बा उद्घाटन तथा ल्होछार शुभकामना आदानप्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको छथरजोरपाटी गाउँपालिका-५ स्थित परेवादिनमा कर्म थर्पोलिङ गुम्बाको उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच संघीय सांसद राजेन्द्रकुमार राईले गुम्बाको उद्घाटन गरेको हो ।

कर्म थर्पोलिङ गुम्बा संघीय सरकार, स्थानीय सरकार, सरोकारवाला संघसंस्था र विभिन्न व्यक्तिहरुबाट ३० लाख, ३८ हजार, १ सय ४५ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएका हुन् ।

उद्घाटनका क्रममा सांसद राईले वर्तमान सरकार सबैखाले जाति, समुदायका भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न लागी परेको बताए । उनका अनुसार अहिलेको राजनितिक असन्तुलन भैरहेको अवस्थामा पनि ओली नेतृत्वको सरकारले नागरिकका गाँस, बाँस र कपासको सवालमा कुनै कसुर वाँकी नराखी काम गर्दै आएको भनाइ छ । आफ्ना पार्टीको जनप्रतिनिधिहरुले जनताको हितमा सकरात्मक काम गरेको दावी समेत सांसद राईले गरे ।

गुम्बा निर्माणको लागी संघीय सांसद राईले १० लाख, छथारजोरपाटी गाउँपालिकाबाट ९ लाख, ३० हजार, काठमाण्डौं बौद्ध संघका अध्यक्ष वाङ्गदी लामाले ५ लाख, विभिन्न संघ संस्थाहरुबाट १ लाख, १५ हजार, २ सय १०, कर्म थर्पोलिङ गुम्बाको सदस्यहरुबाट ४ लाख, १० हजार, ७ सय ७५ र वडा घेदुङका सदस्यहरुबाट ८२ हजार, १ सय, ६० गरी जम्मा ३० लाख, ३८ हजार, १ सय ४५ रुपयाँमा गुम्वा निर्माण कार्य सम्पन्न भएको गुम्बा समितिका अध्यक्ष वीरबहादुर घिसिङ तामाङले बताए ।

नेपाल तामाङ घेदुङ छथरजोरपाटी-५ का घेदुङका अध्यक्षसमेत रहेका घिसिङले गुम्बा निर्माणको लागी सहयोगीहरुलाई धन्यवाद समेत दिएका छन् ।


त्यसैगरी धनकुटा, छथरजोरपाटी गाउँपालिका-५,का २८५७ औं सोनाम ल्होछारका शुभकामना आदानप्रदान गरेका थिए । ताम्बा संघ धनकुटाका डम्फुरे टोलीले डम्फु वजाएर सागसेर्गेम तथा डम्फू सेलो गीत गाएका थिए ।

गुम्बा उद्घाटन तथा ल्होछार कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भिम्कला श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य शिव आङ्गला, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, छथरजोरपाटी-५ का वडाध्यक्ष सुरेन्द्र लिम्वु, वडा नं.४ का वडाध्यक्ष टेकबहादुर घिसिङ, ताम्बा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, छथरजोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई जिल्ला घेदुङका सदस्य गोविन्द बम्जनले गरेका थिए । स्वागत मन्तव्य कर्म थर्पोलिङ गुम्वाका सदस्य कुमार घिसिङले राखेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका