बी डिभिजन लिग फुटबल: कुमारीले बाँसबारीलाई रोक्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
ललितपुर

शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न नसकेपछि बराबरी खेलेका हुन् । मध्यान्तर अघि र पछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए ।

खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ । बाँसबारीेले सात खेलमा १५ अंक जोडेको छ । श्री कुमारी सात खेलमा सात अंक जोड्दै लिगको आठौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका