हेलम्बु गाउँपालिका-१ स्थित नाकोते चोक्पुको मेलम्ची खोलामा मोटरेबल पुल (ट्रस ब्रिज) बन्ने भएको छ ।
तिम्बु दोरिङ मेलम्चीघ्याङ सडकको ४५ मिटरको उक्त पुल हेलम्बु गापा अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मंगलवार शिलान्यास गरेको हो।
मोटरेबल पुलको अभावमा बर्षायामको ६ महिना यातायात ठप्प हुँदा मेलम्चीघ्याङबासीले समस्या खेप्दै आइरहेका छन् । मोटरेबल पुल २०७६ साल चैत्र/बैशाखभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।
शिलान्यासपछि अध्यक्ष शेर्पाले पुल बनेपछि यहाँका बासिन्दा सास्ती भोग्नु नपर्ने बताए ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष मिङमार लामा, वडा सदस्यहरु, गाउँपालिकाबाट इन्जिनियर नरबहादुर भण्डारी, सहायक इन्जिनियर शेरबहादुर राई, लेखापाल चेतबहादुर कार्की, इन्जिनियर मनोज खड्का, कन्ट्र्याक्टर इन्जिनियर इन्द्रजित यादव, पत्रकारहरु तथा स्थानिय बासिन्दा लगायतको सहभागिता रहेका थिए ।