दोर्दी जलविद्यूत आयोजनामा भएको क्षतिबारे मंगलबार लमजुङका जनप्रतिनिधी, नेकपाका मुख्य सचेतक देव गुरुङ, सरोकारवाला र अपर दोर्दी र सुपर दोर्दी निर्माणमा संलग्न व्यवसायीहरुको टोलीले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग भेटेर छलफल गरेका छन् ।
सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव संजय शर्मा र दिनेश घिमिरेसहित उच्च अधिकारीहरु सहभागी थिए । नेकपाका मुख्य सचेतक गुरुङ्गले ड्याम फुटेर जलविद्युत परियोजनामा मानविय र भौतिक क्षति भएको भन्दै क्षतिपूर्तीको व्यवस्था गर्न बैठकमा माग गरेका थिए ।
मन्त्रालयमा भएको छलफलमा क्षतिग्रस्त आयोजनाको अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव रामगोपाल खर्वुजाले संयोजकत्वमा विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाई विभाग, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) र स्वतन्त्र विज्ञसहितको टोली रहेका छन् ।
छलफलमा मन्त्री पुनले बाढीले क्षतिग्रस्त आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन समेत दिएका छन् ।
गत साउन ८ गते दोर्दी खोलामा आएको बाढीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ मा ठूलो क्षति पु¥याएको र आयोजनामा कार्यरत ५ कामदारहरुको समेत मृत्यु भएको जनइएको छ । त्यस्तै, ५४ मेगावाटको सुपर दोर्दीका उपकरण बाढीले बगाउँदा करोडौंको क्षति पुगेको छ ।