सत्यकलाई राई सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा

सैलुङअनलाइन संवाददाता
0 Shares
काेलाेराडाे, अमेरिका

चर्चित गायिका सत्यकला राई यतिबेला दुई महिने सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा छिन् । स्टेट प्रस्तुतीकै राईले हालै नमस्ते कोलोराडो साँगीतिक साँझमा आफ्नो भब्य प्रस्तुती पस्किइन् ।

कोलोराडोकै बिभिन्न नेपाली संघसंस्थाहरुको प्रतिनिधिदेखि पन्ध्रौ पटक सगरमाथा आरोहण गरिसकेका छिरिङ्ग दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथि रहेको सांगीतिक साँझमा उपस्थित व्यक्तित्वहरुले भरपुर मनोरञ्जन लिएको आयोजकको भनाई छ ।

गायिका राईले ‘तिमीलाई हंकङ पुर्यायो…’ बोलको गीत गाउँदा सबै आ-आफ्नो सिटबाट उठेर ताली बजाउँदै नाचेका थिए । दुई घण्टाको सांगीतिक कार्यक्रममा राईसँगै गायक बसन्त लम्साल, महेश बुढाथोकी, दिनेश कार्कीले बेजोड प्रस्तुती पस्केका थिए भने साथमा एसबिकेडि ग्रुपका भाइबहिनीहरुको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक तुल्याएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया