पाँचौ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

सैलुङअनलाइन संम्वाददाता
7 Shares
काठमाडाैं

पाँचौ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड थाईल्याण्डको पतयामा सम्पन्न भएको छ । नेपाली गीतसंगीतका हस्ती शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानको विशेष आतिथ्यतामा अवार्ड कार्यक्रम भएको हो ।

किरण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम माथि कार्यक्रम निर्देशक शान्तिप्रियले प्रकाश पारेका थिए ।
कार्यक्रममा सांगीतिक जोडी मोक्तानलाई नगद रु ११ हजार १ सय ११ सहित लाइफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा भाग लिन करिब ७२ जना कलाकार, पत्रकार अनि अथितिहरुको टोलि थाईल्याण्ड पुगेको कार्यक्रम संयोजक गीता अधिकारी जानकारी दिए ।

कार्यक्रममा राजेन्द्र पुरी, धन कुमारी थापा सरुलाई संगीतकर्मी सम्मान, हरि कर्माचार्यलाई सामाजिक सम्मान प्रदान गरिएको थियो भने अवार्ड बिजेता र सम्मानित व्यक्तित्वहरुलाई नेपालमा केहि दिनपछि नै कार्यक्रमको आयोजना गरी अवार्ड र सम्मान हस्तान्तरन गरिने आयोजकले बताएका छन् ।

कार्यक्राम्मा ‘लोक संचारकर्मी सम्मान’ र ‘रंग पत्रकारिता सम्मान’ क्रमश राजु बोहोरा तथा राधिका अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको छ । मिलाप मासिकका सम्पादक कृष्ण भुषाललाई पत्रकारिता सम्मान अनि साकुरा नेपाल कन्सल्ट्यान्सीको प्रबन्ध निर्देशक अनुज कुमार श्रेष्ठलाई सामाजिक सेवा सम्मान प्रदान गरिने घोषणा गरिएको छ भने नेपालमा सम्पन्न हुने कार्यक्रममा उनीहरुलाई सो सम्मान हस्तान्तरन गरिने पनि आयोजकले जनाएको छ ।

अवार्ड बिजेताहरुमा राष्ट्रिय भावको गीतमा सुन्दर पन्त ‘मेरो देशको माटो’, तामाङ सेलोतर्फ गायक योगेश लामा ‘आमैले हो आमैले’ र गागिका रेशमा बम्जन ‘आमैले हो आमैले’, म्हेन्दोमायातर्फ गायक बिस्वपासा तामाङ ‘ताले ताले’ र गायिका मनमाया वाईबा ‘बोम्ताङ नामसारी’ रहेका छन् ।

मोडलिङमा भने पुरुषतर्फ एरिन तामाङले ‘हाओइ जोरी’, महिलामा एन्जिला वाइवाले ‘म्याहोंदोमाया ब्याटल’बाट अवार्ड जितेकी छन् । शब्द रचनातर्फ भने सिंहबहादुर तामाङले ‘गते ज्याबा’मा अवार्ड प्राप्त गरेका छन् ।

आधुनिक तर्फका अवार्ड विजेताहरुमा गायक योगेश काजि ‘थाहा छ मलाई’, गायिका सारिका घिमिरे ‘दिल टुट्यो’ छन् भने गीतकार दुर्गा खनाल घिमिरेले ‘पशुपतिमा सुनैको गजुर’मा शब्द रचनातर्फको अवार्ड जितेका छन् । संगीतकार सन्तोष श्रेष्ठले ‘स्वार्थि छ दुनिया’बाट अवार्ड जितेका छन् । मोडलिङमा पुरुषमा दृश्य सुबेदी ‘मान्छे गर्ने मान्छेको’ र महिलामा शिल्पा खड्का ‘सान्नानी’ रहेका छन् । राजिब बलामीले ‘मनको मिलन’बाट निर्देशक, नवराज उप्रेतीले ‘हाम्रो माया जिन्दाबाद’बाट छायाकार, राजेश कुमारले ‘हावाको झोक’बाट सम्पादक र ज्योतिप्रकाष बिक ‘बिन्ति छ मलाई’ र डी.आर उपाध्याय ‘स्वार्थि छ दुनिया’बाट जुरी अवार्ड विजेता बनेका छन् । क्रिटिक्स अवार्ड रेखा पौडेलले ‘न दिलमा बास दिया’बाट र अमृता भट्टले ‘हिजो सम्म’बाट जितेकी छन् भने क्रिटिक्स अवार्ड पब्लिक च्वाईस भने जनक सिंहले ‘आगो लगायौ’बाट प्राप्त गरेका छन् । पब्लिक च्वाईस अवार्ड अमन श्रेष्ठ ‘आखाँको रंग’ले जितेका छन् ।

पपतर्फको अवार्ड विजेताहरुमा गायक शसिशेखर बुढाथोकीले ‘झिल्के’, गायिका भावना आचार्य ‘मुलको पानि’, मोडल पुरुषमा दुर्गेश थापा ‘बहुला २’, मोडल महिलामा अस्मिता पुरी ‘मुलको पानी’ रहेका छन् भने निर्देशकमा बिक्रम चौहान ‘ चालु रै छ यार’, पब्लिक च्वाईसमा प्रमिला पुन ‘नजरैमा’, जुरी अवार्ड लक्ष्मी प्रधान पुरी ’सिठी बजाउछ्न’ र क्रिटिक्स अवार्ड ‘बबिता श्रेष्ठ’ रहेका छन् ।

लोकदोहोरीमा गायक प्रकाश कटुवाल ‘छेकेन जामाले’, गायिका शुशिला गौतम ‘ पाहुना’, शब्द रचना शिव हमाल ‘लालु मै’, लय कस्तुप पन्त ‘सरर बतासै चलाउनी’, नवगायकमा धुर्ब जिसी ‘भेट हुँदा ठिक्क’, नवगायिका संजु न्यौपाने ‘लाहुर’, मोडल पुरुष अभिनय सुमन खतिवडा ‘मुनामदन’, मोडल पुरुष नृत्य जेम्स बिसी ‘जारको पानी’, मोडल महिला अभिनय सारिका केसी ‘बलिदान’, मोडल महिला नृत्य दिपासा बिसी ‘उम्लेको बैंस’, नवमोडल महिला दुर्गा भट्ट ‘धान कुटेर चामल’, नवमोडल पुरुष प्रकाश अर्याल ‘बग्यो त्रिशुली’, निर्देशक बबिता श्रेष्ठ ‘हजारको नोटले’, निर्देशक नृत्य काजिस श्रेष्ठ ‘मान्छे फकाएर आफ्नो हुँदैन’, छायाँकार दुर्गा पौडेल ‘गाउँमा हल चल्यो’, सम्पादन नबिन घर्ती मगर ‘पान खायो मायाले’, एरेन्जर जुजु गुरुङ ‘भेट्ने दिन’, दोहोरी नवप्रतिभा सितल ठकुरी ‘राजा भाको छु’, शब्द–लय नवप्रतिभा ईन्द्र दाहाल ‘घाईते मुटु’लगायत रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया