डेढ वर्षभित्र जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्छः कुलमान घिसिङ

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं
????????????????????????????????????

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको डेढ वर्षभित्र जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्ने बताएका छन् । सुर्खेतदेखि जुम्लासम्म ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरेर बिजुली पु¥याउन लागेको उनले बताए ।

३३ केभी प्रसारण लाइन निर्माण गर्न गत जेठमा ठेक्का सम्झौता भइ ठेकेदार परिचालन भइसकेको उनले बताए । ‘ठेक्का सम्झौतापछि ठेकेदारले अहिले प्रसारण लाइनको अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अबको १८ महिनामा लाइन तयार गरेर बिजुली पु¥याउने लक्ष्य लिएका छौं ।’

प्राधिकरणले जिल्लामा बिजुली पु¥याउन वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने तयारी पनि गरिरहेको घिसिङले बताए । नयाँ वितरण केन्द्र खुलेपछि विद्युत सेवा सहज र प्रभावकारी हुने उनको भनाइ छ ।

राष्ट्रिय प्रसारण लाइन नपुगुग्दासम्म भने डिजेल जेनेरेटर सञ्चालन गरेर विद्युत सेवा दिनेबारे पनि छलफल भइरहेको र प्राधिकरणको स्वामित्वमा रहेको लघु जलविद्युत पनि स्थानीय उपभोक्ता समितिले लिजमा सञ्चालन गरिरहेकाले जिल्लामा देखिएको विद्युत समस्या तत्काल भने समाधान हुन नसक्ने घिसिङले प्रष्ट पारे । ‘लघु जलविद्युत केन्द्रमा समस्या आउँदा त्यसको मर्मत उपभोक्ता समितिले गर्नु पर्ने सम्झौता छ,’ उनले भने, ‘उपभोक्ता समितिले सम्झौताअनुसारको जिम्मेवारी पूरा नगरेको अवस्थामा प्राधिकरणले केही गर्न सक्दैन ।’

कर्णाली प्रदेशको दुर्गम जुम्लामा राष्ट्रिय प्रसारण प्रणालीको बिजुली पुगेको छैन जसले गर्दा स्थानीयवासी वैकल्पिक ऊर्जाका स्रोतहरू उपयोग गर्न बाध्य छन्

तपाईको प्रतिक्रिया

पत्रपत्रिका