सर्लाहीमा खोलामा डुबेर बालकको मृत्यु

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

सर्लाहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका- १ बिलन्दी निवासी सोमबहादुर थिङका १२ वर्षका छोरा सुरज थिङको बिलन्दी खोलामा डुबेर मृत्यु भएको हो ।

सुरज थिङ मंगलबार साथिहरुसँग गोठालो गएका थिए । दिउँसो १ बजेतिर साथीहरूसँग पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

बालकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया